logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

एलायन्स क्लबको प्रथम साधारण सभा सम्पन्न, डिष्ट्रिक्ट गर्भनरमा रेग्मी


  • जन आकाश
  • आइतबार, फाल्गुन २२ २०७८

काठमाडौं : एसोसिएसन अफ एलायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट २०२३ नेपालको प्रथम साधारण सभा डिष्ट्रिक्ट गर्भनर एली नन्दराज पोखरेलको अध्यक्षता तथा नेतृत्व बिकासको लागी अन्तर्राष्ट्रिय समिति संयोजक एलि बिजु बज्राचार्यको प्रमुख आतिथ्यतामा काठमाडौँको धापासी स्थित गोधुली फुडल्याण्ड एन्ड ईभेन्ट्समा सम्पन्न भएको छ ।



प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर एली राहुल रेग्मीले स्वागत मन्तब्य राखेको उक्त कार्यक्रमको संचालन डिष्ट्रिक्ट सचिब राजेन्द्र श्रेष्ठले गरेका थिए ।

कार्यक्रमका बिच बर्ष २०२२-२३ का लागी निर्वाचित डिष्ट्रिक्ट गर्भनर एली राहुल रेग्मीले आफ्नो टिमको घोषणा गरेका थिए । जसमा प्रथम भाईस डिष्ट्रिक्ट गभर्नरमा एली धना आचार्य, द्वितीय भाईस डिष्ट्रिक्ट गभर्नरमा एली सुस्मा कोईराला, तृतिय भाईस डिष्ट्रिक्ट गभर्नरमा एली भि.के.एस ठकुरी, क्याबिनेट सचिबमा एली पुन्यवती पाठक, क्याबिनेट कोषाध्यक्षमा एली निर्मल पौडेल, जनसम्पर्क अधिकारीमा एली बिवेक मुल, डिष्ट्रिक्ट प्रमुख सल्लाहकारमा एली ध्रुब सिम्खडा र सह-प्रमुख सल्लाहकारमा एली राजेन्द्र श्रेष्ठ निर्वाचित भएका छन ।

विशेष गरेर एसोसिएसन अफ एलायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट १०२३ ले आगामी पाच वर्षमा नेपालमा क्यान्सर अस्पताल निर्माण गर्ने लक्ष्य रहेको नव निर्वाचित डिष्ट्रिक्ट गर्भनर एली राहुल रेग्मीले बताए ।

कार्यक्रममा वरिष्ठ पत्रकार योगेन्द्र प्रताप शाही, जनाता पार्टिका यज्ञ ढकाल, केन्द्रिय बाध्यबाधक कलाकार संघ का केन्द्रिय सदस्य कमल ओलि, पिएफसि नेपाल का प्रशिक्षक खुम केसि लगायतको उपस्थिति रहेको थियो ।

एसोसिएसन अफ एलायन्स क्लब्स इन्टरनेशनल सन २००८ मा भारतमा दर्ता भई हालसम्म फिलिपीन, बंगलादेश, श्रीलंका, मलेशिया, नाइजेरिया, युरोप, क्यानाडा, अमेरीका, साउथ अफ्रिका, म्यानमार, आष्ट्रेलिया लगायत तीस देशहरुमा समाज सेवाको क्षेत्रमा कार्य गरिरहेको छ । यस संस्थाको मुख्यालय भारतको दिल्लीमा रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend