logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

भक्तपुरको रानीपोखरी पुनः निर्माण सम्पन्न भएको छ


  • जन आकाश
  • आइतबार, फाल्गुन २२ २०७८

 



 

काठमाडौं । नेपाली सेनाको नियन्त्रित क्षेत्रभित्र रहेको रानीपोखरी पुनर्निर्माण सकेर गत मंगलबारदेखि सर्वसाधारणका लागि खुला भएको छ । दुई वर्ष नौ महिनामा पुनर्निर्माण सकिएको रानीपोखरी तत्कालीन राजा जगज्र्योति मल्लले शहरी सुन्दरता र पानी सञ्चयका लागि बनाएको शिलालेखमा उल्लेख छ ।

पोखरीको छेवैमा रहेको शिलालेखमा पोखरी बनाउनुको कारण र त्यसको महत्वबारे समेत वर्णन गरिएको छ ।े भक्तपुर नगरपालिकको आर्थिक लगानीमा उक्त रानीपोखरी निर्माण भएको भक्तपुर नगरपालिकाले जानकारी दिएको हो ।

पोखरीको इतिहास

भक्तपुरको रानीपोखरी नेपाल संवत ७५० वि.सं.१६८७ मा तत्कालीन भक्तपुरका जगज्योति मल्लले बनाउन लगाएका हुन् । जबकी काठमाडौंको रानीपोखरी नेपाल संवत् ७९० अर्थात् १७२७ मा मात्रै प्रताप मल्लले बनाएका हुन् ।

भक्तपुर भेगका बृहत् खुला स्थानमा वा भनां गढ रुपको राजधानी शहरको पश्चिम पट्टिका गढ पर्खाल र ढोकाबाहिरका नाकामा पहिले नै तीनवटा ठूला पोखरीहरु, भाज्या पुखू सोह्रौ शताब्दीको पूर्वाद्र्धमा बनिसकेको इतिहासविद् पुरुषोत्तम लोचन श्रेष्ठ बताउँछन् । नःपुखूको सीधा ठीक पश्चिममा तःपुखू र लगभग तः पुखूको सिधा पश्चिममा उस्तै दूरीमा रानीपोखरी बनाइएको उनी बताउँछन् ।

रानीपोखरीको मध्यभागमा सुनको बासुकी नाग थियो । जुन नाग मध्यकालमै काठमाडौंका राजाले आक्रमण गरी हनुमानढोका लगेको भन्ने इतिहास रहेको नगर प्रमुख प्रजापति बताउँछन् । अहिले झण्डै एक लाख खर्चमा तामाको पाताले मोरिएको बासुकी नाग बनाइएको छ ।
वि.सं. २०२१ सालमा नापी भएका बेला पोखरी र वरपरको चौरलाई सानो टुँडिखेलको नामले चिन्ने गरिएको प्रजापति सुनाउँछन् । १५ रोपनी ५ आना २ पैसामा फैलिएको पोखरीसँगै रहेको ह्वाङह्वाङ पाटीले पनि अहिले पुनर्जीवन पाएको छ ।

अभिलेखमा ह्वाङह्वाङ पाटीको उद्घाटन गर्ने बेलामा तत्कालीन राजा जगज्योति मल्लले मालश्रीधुन बजाएको भन्ने उल्लेख छ । त्यसैले मंगलबार रानीपोखरी उद्घाटन गर्ने बेला पनि मालश्री धुनसहित उद्घाटन गरिएको उनी सुनाउँछन् ।

ह्वाङह्वाङ पाटीको वास्तविक नाम ‘सिंहफले’ हो । तर, खुला र अव्यवस्थित भएर ह्वाङह्वाङ भएकोले यसलाई यही नामले चिनिन गएको जानकारहरु बताउँछन् । वि.सं. २०५६÷५७ सालतिर वर्षात्का कारण यो पाटी भत्किएर भग्नावशेषमा सीमित भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend