logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

ग्लोबल आइएमई बैंक र कामना सेवा विकास बैंक बीच सम्झौता


  • जन आकाश
  • बिहिबार, फाल्गुन २६ २०७८

 



काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेडबीच कामना सेवा विकास बैंकका ग्राहकहरुलाई आवश्यक पर्ने गैर कोषमा आधारित बैकिङ सुविधा उपलब्ध गराउने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले कामना सेवा विकास बैंकका ग्राहकहरुलाई गैर कोषमा आधारित एलसी, बैंक ग्यारेण्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट अक्सेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङ्ग जस्ता सुविधाहरु उपलब्ध गराउने छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend