logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

सवारी साधनको अनलाइन फारन आवेदन बन्द


  • जन आकाश
  • मंगलबार, चैत्र १ २०७८

 



काठमाडौं । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को वितरण प्रणालीमा अधिक चाप परेपछि मंगलबारदेखि नयाँ आवेदन लिन बन्द गरिएको । यातायात व्यवस्था विभागले उल्लेख गरेको छ । अर्को सुचना प्रकाशन नभएसम्मका लागि अनलाइन फारम बन्द गरिएको उल्लेख छ ।

विभागले अनिश्चितकालका लागि आवेदन बन्द गरेपछि लाइसेन्सको फारम भर्ने तयारीमा रहेकाहरु बिलखबन्दमा परेका छन् ।
आवेदकहरुको परीक्षा यथाशक्य छिटो टुंग्याउनुपर्ने भएको भन्दै विभागले सूचना प्रकाशन गरेको थियो ।

 

अहिले विभाग र विभिन्न प्रदेश अन्तरगत रहेका लाइसेन्स कार्यालयहरुले समयमै सही तरिकाले परीक्षाको व्यवस्था गर्न नसक्दा सवारी लाइसेन्सको आवेदन, लिखित परीक्षा, प्रयोगात्मक परीक्षा (ट्रायल) र लाइसेन्स छपाइ र वितरणसम्मका सबै काम सरकारको नियन्त्रणभन्दा बहिर पुगेको छ ।

यसअघि कोरोनाको कारण देखाएर लामो समय आवेदन रोकेका कारण नयाँ चालकहरु समस्यामा थिए । ६ महिना बन्द गरेर गत ९ कात्तिकदेखि लाइसेन्सको आवेदन लिन थालिए पनि प्रक्रियामा प्रवेश गरेकाहरु पनि ३ वर्षभन्दा पछि २०२५ सम्मको मात्रै परीक्षाको मिति पाएपछि अन्योलमा छन् ।

 

लाइसेन्सको परीक्षा सुरु गरेका कार्यालयले प्रतिक्षा सूचीमा रहेको चाप छिटो घटाउने गरी कुनै पहलकदमी लिए नलिई नियमित शैलीमा परीक्षा लिइरहेका छन् । यहीबेला चाप व्यवस्थापनको काम गर्नुको साटो नयाँ आवेदन लिन बन्द गर्ने निर्णयमा विभाग पुगेको छ ।

ट्रायल सेन्टरहरुमा अव्यवस्थित तरिकाले ट्रायल लिदा सेवाग्रही धेरै मर्कामा परेका छन् । निजी ट्रायल सेन्टरहरुमा पुराना मोटरसाइकल, गाडी ट्रायलमा राख्दा लाइट, गेयर राम्रासँग परिवर्तन नहुदा धेरै जति फेल नै हुने र पुनः ति सेवाग्रही दोहोरी रहेका छन् । ट्रायल सेन्टरहरुमा हुने परिक्षा अव्यवस्थित र तनाव उत्पन्न गराएर मात्रै ट्रायलको सुरुवात गर्ने गरेको देखिन्छ । बिहान १० बजे नै ट्रायलको काम हुनुपर्नेमा सिरियल नम्बर टास्न नै १२ बजे मात्रै यातायात कार्यलयका कर्मचारी ट्रायल सेन्टर पुग्ने र सिरियल नम्बर टास्ने सिरियल नम्बर हेर्न अव्यवस्थित भएकै कारण हेर्न नै २ घण्टा लाग्ने त्यो भन्दा अगाडी टोकनको लाइन बस्नुपर्ने ट्रायल सेन्टरलाई महगो भाडा बुझाउनु पर्ने तर कुनै अभिलेख राख्नु नपर्ने ।

ट्रायल सेन्टरमा अस्त व्यस्त तरिकाले परिक्षार्थी प्रवेश गराउने र पास र फेल भनेर कराउदा कतिपय ५÷६ बार्ष यातायात चलाइसकेका भुक्तभोगिसमेत ट्रायलमा फेल हुन पुग्ने हर्दा खेरी सिस्टममा राम्रो काम भएको जस्तो तर व्यवहारमा ढु«ङगे युगको तरिकाले काम गर्दा यातायात क्षेत्रमा देखिएका लाइन्सेन्सको समस्या दिनानुदिन बढ्दै गएको देखिन्छ ।

सम्बन्धित निकायले यसको गहन अध्ययन गरेर सावधान नखोज्ने हो भने भोलिका दिनमा सेवाग्रहीको आवेगवाट उत्पन्न हुने आक्रोशले छुट्टै खालको परिस्थिति नल्याउला भन्न सकिदैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend