logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

स्थानीय निर्वाचनको ५ बर्ष कसरी बित्दै छ ?


  • जन आकाश
  • बिहिबार, चैत्र ३ २०७८

मोहन कार्की ।
काठमाडौ । नेपालमा घर घरमा सिंहदरवार नार दिएको स्थानीय सरकारको समय अवधि दुइ महिना पछि समाप्त हुदैछ भने सोही समयमा स्थानीय निर्वाचन घोषणा भइसकेको छ ।



यो ५ बर्षको अवधिमा स्थनीय सरकारहरुले गरेका काम जनमुखी भए भएनन् ? सिंह दरवारको अधिकार घर घरमा भन्ने नारा कार्यन्वयनमा आयो की आएन ? यस बिषयको समिक्षा राजनीतिक पार्टीहरुले नगरेपनि स्थानीय जनताले समिक्षा गर्न जरुरी छ ।
जनताले नै निर्वाचनमा समर्थन गरेर जिताएका राजनीतिक दलका कार्यकर्ता स्थानीय सरकारको नेतृत्व गर्ने ठाउँमा जनप्रतिनिधिको रुपमा आएका हुन् ।

ति जन प्रतिनिधिहरुले जनताको घर घरमा सिंह दरवार पु¥याएकी पु¥याएनन् ?

राजनीतिक दलको चुनाव चिन्ह लिएर जन प्रतिनिधिमा निर्वाचित भएका स्थानीय सरकारहरुले पार्टीको हितमा मात्र काम गरेकि समग्र जनताको काम गरे ?

भन्ने प्रश्नहरुको समिक्षा आजभोलि उठ्नु पर्ने हो । तर स्थानीय स्तरमा रहेका जनताले यस्ता बिषयमा खुल्ला बहस कतै गरेको सुनिएको छैन । बरु विगतको जस्तै गरी चुनाव आउनु केही समय अगाडी कन पार्टीले जित्छ ? कुन पार्टीलाई जिताउने फलानो यस्तो तिलानो यस्तो जस्ता बिषयमा मात्रै स्थानीय सरकार भएका क्षेत्रहरुमा यस्तै मात्रै बिषयमा कुरा भइरहेको सुनिन्छ ।

स्थानीय तहमा भुगोलको क्षेत्रफल, जनसंख्याको आधार, त्यस क्षेत्रको विशिष्टता, लगायत के के सम्भावित विकास गर्न सक्ने बिषयहरु हुन् त्यसको वारेमा छलफल योजना ल्याएर कार्यन्वयन गर्न सक्ने क्षमत भएको नेतृत्व चयन गर्न पर्टी आम मतदाताको ध्यान हुनुपर्ने हो र स्थानीय स्तरमा विगतमा निर्वाचित भएका जनप्रतिनिधिहरुलाई पनि जुन पार्टीले अगाडी सारेर जितायो त्यही पार्टीहरुले आफ्नो पार्टीको हितभन्दा पनि माथि उठेर जनता र देशको पक्षमा को कसले काहा कति प्रगति ग¥यो भनि तथ्यको आधारमा तिनै तथ्यलाई आधार मानेर बहस चलाउने पर्ने वेला हो । तर त्यस्तो बिषयमा पनि बहस भएको कतै पाइदैन ।
स्थानीय सरकारलाई आफ्नो मौलि क अधिकार प्रयोग गर्न ३३ वटा अधिकार जस्तै आन्तारिक स्रोत परिचालन देखि कानुन बनाएर लागु गर्नेसम्मका अधिकारहरु व्यवस्था गरेको छ ।

तर केही केही ठाउँमा अभ्यासको रुपमा आएको भएपनि त्यो उल्लेख गर्न लायक भएको तथ्यमा छैन । यस्तै गरी पुनः स्थानीय निर्वाचन हुने र पुरानै तरिकावाट देश सञ्चालन हुने हो भने स्थानीय सरकारको निर्वाचन जति गरेपनि जनताले प्रप्त गर्ने अधिकार विगतमा कागजको पन्नामा सिमित रहे जस्तै हुन्छ ।

त्यसकारण स्थानीय जनता पनि उत्तिक्कै चनाखो हुन जरुरी छ । यो गएको ५ बर्षे अवधि जस्तै बन्न नदिन देश र जनतामुखी योजना प्रष्ट राख्न सक्ने र कार्यन्वयन गर्न सक्ने आट भएको सक्षम, दक्ष, योग्य व्यात्तित्वहरुलाई स्थानीय निर्वाचनमा मत दिएर जिताउन सक्यो भने मात्र स्थानीय सरकारको लागि गरिएको राज्यको परिकल्पना पुरा हुन्छ । त्यो गर्नको लागि राजनीतिक पार्टीहरुले योग्य, सक्षम नेतृत्व छनौट गर्न चेकेको खण्डमा स्वतन्त्र व्यात्तिहरुलाई स्वय जनताले प्रतिनिधि उठाएर पनि समाज परिवर्तनको वाटो हिडाउन सक्ने सम्भावनालाई अगाडी बढाउनु पर्छ ।

विगत ५ बर्षमा वितेको जसरी सुस्त तरिकाले नेपालको विकास सम्भव छैन । सुतेको अर्थतन्त्रलाई उठाउन र परनिर्भरतामा चलेको नेपालको बाध्यतालाई आत्मनिर्भरमुखी बनाउन असल, सक्षम, योग्य, दक्ष व्यात्तिहरुलाई छानेर स्थानीय स्तरमा विकास गर्नु नेपालीहरुको प्रमुख दाइत्व हुनुपर्छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend