जन आकाश
मोहन कार्की ।
काठमाडौ । विश्वका शक्तिशाली राष्ट्रहरुको अहमताले विश्वका साना–ठुला राष्ट्रहरुमा सितयुद्ध शुरु भएको छ ।अहिले देख्दा रसिया र युक्रेन राष्ट्र बीचमा युद्ध भएको देखिएको छ ।
त्यो युद्ध दुई राष्ट्र बीचको नभएर शक्ति प्रदर्शन गर्दै आएका राष्ट्रहरुको धुब्रीकरणको लागि त हुदै हो । त्यो भन्दा पर पर सम्म मात्र नभएर विश्वलाई नै प्रभावित पार्ने गरी यसको असर देखिन थालिसकेको छ । दोस्रो विश्वयुद्ध पछि शक्तिमा उदाएका राष्ट्रहरुले पनि कुनै न कुनै बाहना खोजिरहेका र आफ्नो पक्षमा नहिड्ने राष्ट्रलाई सताउन र उदाउदै गरेका शक्तिशाली राष्ट्रहरुले आफ्नो आर्थिक उन्नति गर्न प्र¥याश गरिरहेको वेलामा भएको रुस र युक्रेन युद्धले विश्वमा सितयुद्धको शुरुवात गरिदिएको छ ।
अहिले युद्धको भुमरीमा नै हाम नफालेपनि विश्वका राष्ट्रहरु धुब्रीकरणमा देखिइसकेका छन् । इरोपियन राष्ट्रहरुले बक्तव्य नदिए पनि युक्रेनलाई आर्थिक, हत्तियार समयोग गर्ने गरेका छन् । अमेरिकाले त घोषित रुपमा नै युक्रेनको पक्षमा वकालत गरिरहेकै छ भने चीनले रुसको पक्षमा वकालत गरिरहेको छ ।
नेपाल जस्ता साना मुलुकले समेत युक्रेनमा भएको मानव नरसंहारको विरुद्धमा आफ्नो धारणा राखिसकेका छन् । प्रत्यक्ष रुपमा युद्धमा समेल नभए पनि एक अर्को राष्ट्रले पक्ष र विपक्षको विषयलाई उठाएर व्यवहारमा युद्धकै व्यवहार हुने खालका कार्यहरु गर्न थालिसकेका छन् ।
युरोपका देशहरुले युद्धको मैदानमा सेना नपठाए पनि युद्धको वेला क्षति पु¥याउने भन्दा बढी क्षति हुनेगरी रुस विरुद्ध नाका बन्दी गरेका छन् । एशियाका राष्ट्रहरु मध्य चीनले रुसको पक्षमा वकालत हुने खालका अभिव्याक्ति जारी गर्ने गरेको छ । भने युक्रेन रुस युद्धको मध्यस्त गर्न प्र¥यास गरेको भएपनि सम्भव भएको थिएन त्यसै बिषयलाई लिएर यसियाका साना वा ठुला राष्ट्रहरुले चीन र अमेरिका प्रतिको धारणामा पक्ष लिने खालका अभिव्याक्ति आउन थालेका छन् । सोहि बिषयलाई लियर चीन र अमेरिकाले आफ्नो विपक्षमा उभिने राष्ट्रहरुलाई आर्थिक रुपमा रोक्न थालिसकेका छन् घोषित रुपमा आर्थिक, व्यापारिक सर सामान नरोकेको भएपनि व्यवहारिक रुपमा आर्थिक र सर सामानहरु रोक्न थालिसकेका छन् । चीनले नेपाललाई सहज रुपमा उपलब्द गराउदै आएको नाका केरुङवाट सामान पठाउदै आएकोमा हाल रुस र युक्रेनको युद्धमा नेपालले रुसले युक्रेन राष्ट्रमाथि गरेको वम आक्रमणको विरोध गरेको थियो । त्यसको अलवा चीनले नेपालमा अमेरिकी परियोजना एमसिसि पास नहोस भन्ने चाहेको थियो र नेपालमा कम्युनिष्ट झण्डा बोकेर चीनिया दतावासमा भत्ता बुझ्नेहरुलाई उक्त परियोजनाको विरोध गर्न लागाएको भएपनि सफल हुन नसकेपछि नेपाललाई अघोषित नाकाबन्दी जस्तै अवस्थामा चीनले व्यवहार गर्न थालेको देखिन्छ ।
यो पछिल्लो एक महिनामा केरुङ नाकावाट आएका उपभोग्य सामानहरुको सुचीले त्यही देखाउछ । यसले नोपलमा शक्तिशाली राष्ट्रहरुको स्वार्थ बाझिदा प्रत्यक्ष नेपाली जनतालाई असर परेको छ । सामान अभाव भएर महगी आकाशिन पुगेको छ ।
त्यस्तै नेपालमा जस्तै साना र कमजोर राष्ट्रहरुलाई विश्वका ठुला र शक्ति राष्ट्रहरुले आफ्नो स्वार्थ अनुकुल चलाउने हुदा विश्वमा सितयुद्धको चरण शुरु भएको अनुमान लगाउन सकिन्छ ।
शक्तिशाली राष्ट्रहरुको स्वार्थ पुर्ति गर्न युद्ध नै गरेर हार जित त उनिहरुले गर्लान तर साना र कमजोर राष्ट्रहरुलाई ति शक्तिशाली राष्ट्रहरुको साढेको जुधाईमा बाछाको मिचाईमा पर्ने हुनाले प्रत्यक्ष अप्रत्यक्ष विश्वमा सितयुद्ध शुरु भएको देखिन्छ ।
आजको युग वम बारुद्ध भन्दा पनि आर्थिक रुपमा नाकाबन्दी लगाउने र सवैभन्दा धन कुन राष्ट्रले कमाउने र त्यो धनराषि खर्च गरेर आधुनिक तरिकाले बिश्व कजाउने तरिका शक्तिशाली राष्ट्रहरुले अपनाउन थालेका छन् । जसमा साना कमजोर राष्ट्रहरुलाई अप्रत्यक्ष मारमा पारेका छन् । नेपाल पनि त्यसको मारमा परेको छ ।
यसै समयमा चिनियाँ बिदेशमन्त्री चैत्र ११ गते शुक्रवार आउने सम्भावना रहेको छ । उक्त भ्रमणको विषय गोप्य राखिएको भएपनि नेपालको परराष्ट्र स्रोतका अनुसार यो दिन र त्यो दिन भनेर नतोकौ तर चिनियाँ परराष्ट्र लगायत उच्चस्तरीय चिनियाँ प्रतिनिधहरुको भ्रमण हुनेमा नेपालको परराष्ट्र मन्त्रालयका प्रबत्ताले पुष्टि गरेका छन् । यो चिनिया उच्चस्तरीय भ्रमणको समयमा नेपाललाई चीनले पछिल्लो समय लगायको अघोषित नाकावन्दी बिषयमा छलफल हुन्छकी हुदैन ? त्यो त आएपछि नै थाहा होला तर नेपालसँगको ६ दशक अर्थात ६० बर्षभन्दा बढी मित्रवत कुटनैतिक सम्बन्ध भएको चिनले यो पछिल्लो एक महिनामा गरेको अघोषित नाकाबन्दी नेपालको लागि अप्रत्यशित, अकल्पनिय, र सोचनीय अवस्थामा पु¥याएको छ ।
यस बिषयमा मित्र राष्ट्र चीनले समिक्षा नगर्ने हो भने शक्तिको हिशावले चीनले नेपाललाई जे पनि गर्न सक्ला तर नेपाली जनताले चीनिया मित्रहरुलाई गर्दै मित्रवत समबन्ध र व्यवहारमा परिवर्तन हुन बेर लाग्ने छैन । यस बिषयमा चीनका उच्चस्तरीय भ्रमणमा आउने प्रतिनिधिले बझेर नेपालसँगको बिग्रन लागेको सम्बन्धमा वेलैमा विचार गर्न जरुरी छ ।
त्यो नेपाललाई भन्दा चीनलाई महत्वपुर्ण होला नेपाल त सानो र कमजोर मुलुक भएपनि नेपालको ईतिहाँस लामो र निर्णायक बनाएको छ । भोलिका दिनमा चीनका मित्रहरुले आँखा चिम्लियर नेपाललाई अघोषित नाकावन्दी गरिराखेको खण्डमा कुनैवेलाको शोभित संघको घमण्डलाई तोड्न साना राष्ट्रहरुले जुवा खेले जस्तै त होइन नेपालले थोरै बुद्धि लगायो भने चीनलाई क्षति धेरै हुन सक्छ ।
क्षति नेपालले पनि व्यहोर्नु पर्छ तर दुवै देशले एक आपासमा आएका बिमत्तिहरुलाई समझदारीमा ल्याएर विगतमा नेपाल चीनको सम्बन्ध जस्तो अटुट, अटल थियो त्यस्तै बनाउन जरुरी छ । त्यो काम उच्चस्तरका दुवै देशका सम्बन्धित निकायले सुधार गरेमा मात्र सम्भव छ ।
फोटो कान्तिपुरमा दिपक गौतमले बनाउनु भएको हो । प्रसंग मिल्ने भएको हुनाले उक्त फोटो प्रयोग गरिएको हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend