जन आकाश
काठमाडौं ।
चीनका विदेशमन्त्री वाङ यी केही घण्टा पछि काठमाडौं आइपुग्दैछन् । उनी नेपाल भ्रमणका लागि अफगानिस्तानबाट भारत हुँदै शुक्रबार नेपाल आउन लागेका हुन् ।
नेपालमा अमेरिकन नियोग अन्र्तगतको मिलिनियम च्याले्न्ज कर्पोरेशन अर्थात एमसिसि परियोजना नेपालको सदनवाट पास भएपछि अप्रत्यशित रुपमा नेपाल भ्रमणमा चीनिया परराष्ट्रमन्त्री आउन लागेका हुन् । चिनिया विदेशमन्त्री यति मात्र कारणले हत्तारिदै आउन लागेका भने होइनन् रुसले युक्रेनमाथि हमला गरेपछि युक्रेनी जनतामाथि भएको बमवारीको विरोधमा नेपालले आफ्नो धारणा सार्वजानिक गरेको थियो ।
्त्यसपछि झनै चीन नेपालसँग झस्कियको छ । ्किनकी चीनले युक्रेन र रुसको मध्यस्त गर्न प्र¥यास गरेको थियो । तर सम्भव भएको थिएन । नेपालले युक्रेनमा जारी युद्ध रोक्न स्वतन्त्र बाच्न पाउने युक्रेनी जनता र मानवताको बिषय उठाएपछि त्यसको केही दिनमा नै चीनले नेपालमा अघोषित नाकाबन्दी लगायको छ ।
विगतमा चीनतिर सदभाव राख्ने नेपालीहरुले चीनको यस्तो अप्रत्यशित अघोषित नाकाबन्दी व्यहोर्नु परेपछि नेपालमा चीनको विरोध नगर्ने नेपालीहरु यतिवेला चीनले अघोषित नाकावन्दी लगाएपछि नेपालमा आउने उपभोग्य सामानमा अप्रत्यशित महगी र अभाव व्यहोर्न वाध्य भए त्यसपछि चीन नेपालको छिमेकी राष्ट्र भएपनि आफ्नो खेमामा नउभिएको सम्झेर नेपाललाई त्रसाउन अघोषित नाकावन्दी गरेको हुनाले नेपालीहरु रुस्ट हुन पुगेका छन् ।
विश्वको शक्तिमा उदाउदै गरेको राष्ट्र चीनले थाहा नपाउने कुरै थियन । यस्ता विषयहरु चीनको लागि निक्कै संवेदनशील हुन्छ । किनकी चीनको बिशाल भुगोललाई नेपालको सीमानाले पनि जोडेको छ । नेपालमा चीनका ठुला रणनीतिक योजना लागु गर्ने भनिएपनि खासै उपयोग हुन सकेका छैनन् । याहा अन्तराष्ट्रिय राजनैतिक रणनीतिले नेपालमा चीनका योजनाहरु प्रभावित हुने गरेका छन् । राजनीति पनि त्यस्तै रणनीतिक हिशाववाट परिवर्तन गरेरै भएपनि चीनको प्रभाव र विस्तारलाई रोक्ने विश्वको शक्तिशाली राष्ट्र अमेरिका लगायत इरोपियन राष्ट्रहरुको योजना पनि याहा रहेकै छ । नेपालमा वेलैमा चीन र नेपाल वीचमा हुने असमझदारी आउन नदिनु चीनको लागि निक्कै राम्रो बिषय मानिन्छ । तर पछिल्लो समय त्यो अवस्था बिग्रदै गएको भान हुन थालेपछि चिनिया परराष्ट्रमन्त्रीको भ्रमणले ने्पालमा लगाउदै आएको अघोषित नाकाबन्दी र नेपाली जनतामा परेको समस्या हल गर्न र केही कुटनैतिक रणनीतिकका बिषय लिएर चिनिया परराष्ट्रमन्त्री नेपाल आएको हुनुपर्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend