logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

तीनजना डिआइजी एआईजीमा बढुवा हुने तीन डिआईजी


  • जन आकाश
  • बिहिबार, चैत्र १७ २०७८

 



काठमाडौं । सरकारले तीन डिआईजीलाई एआईजीमा बढुवा गरेको छ ।

 

मितिः २०७८ साल चैत्र १७ गते बिहान बसेको मन्त्रिपरिषद्को बैठकले डीआईजीहरू रवीन्द्र धानुक, वसन्तकुमार पन्त र धीरजप्रताप सिंहलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको हो ।

उनीहरुलाई गृह मन्त्रालयको बढुवा सिफारिस समितिले चैत्र १ गते बढुवा गर्न सिफारिस गरेको थियो ।

 

यसअघि, नेपाल प्रहरीमा जनपदतर्फ एआईजीको संख्या पाँच थियो । तीन थपिएसँगै एआईजीको संख्या आठ पुगेको छ ।

 

एआईजी र आईजीपी विशिष्ट श्रेणीका पद मानिन्छन् । प्रहरीमा नयाँ बन्ने आईजीपीले नै आउँदो निर्वाचनको कमान्ड गर्ने अवसर प्राप्त गर्नेछन् ।

 

सरकारले एआईजीमध्येबाट आईजीपी नियुक्ति गर्ने गर्छ । यस्तोमा प्रधानमन्त्री र गृहमन्त्रीले रुचाएको व्यक्ति आईजीपी बन्ने सम्भावना बढी रहन्छ ।

 

 

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend