logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

स्थानीय तहको निर्वाचनमा निर्माण कम्पनीमा आवद्ध ब्याक्ति उम्मेदवार हुन नपाउने


  • जन आकाश
  • बिहिबार, चैत्र १७ २०७८

 



काठमाडौं । निर्वाचन आयोगमा स्थानीय तहको निर्वाचनमा ठेकेदारले उम्मेदवार हुन नपाउने प्रावधान राखेको छ ।

 

यसरी आयोगले उम्मेदवार हुन नपाउने प्रावधान राखेपछि नेपाल निर्माण व्यवसायी महासंघले त्यसको बिरोध गरेको छ ।

 

उम्मेदवार बन्न नपाउने गरी बनाएको प्रावधान विरुद्ध अदालत जाने तयारी गरेको महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिएका छन् । उनि आफै पनि विवादित ब्यक्ति पुनः महासंघको अध्यक्ष भएका थिए ।

बुधबार बसेको आयोगको बैठकले ठेक्कापट्टामा सहभागीहरू स्थानीय तहको चुनावमा उम्मेदवार बन्न नपाउने निर्णय गरेको थियो । शो निर्णयले नेपालमा पैशाको प्रयोग गरेर चुनावलाई प्रभावित पार्ने र चुनाव जितेपछि सवै ठेक्का पट्टा हत्याउने कामहरु हुदै आएका छन् । यस निर्णयले नेपालमा राजनीतिक सस्कारको विकासमा टेवा पुग्ने राजनीतिक विश्लेषकहरुको भनाई आएको छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend