logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

प्रधानमन्त्री देउवा दलबल सहित भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेका छन्


  • जन आकाश
  • शुक्रबार, चैत्र १८ २०७८

 



 

 

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा औपचारिक भ्रमणको क्रममा भारत प्रस्थान गरेका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा देउवा तीन दिने भ्रमणका लागि भारततर्फ लागेका हुन् ।

 

सभामुख अग्नि सापकोटा, गृहमन्त्री बालकृष्ण खाण, परराष्ट्रमन्त्री नारायण खड्का लगायतले विमानस्थल पुगेर देउवालाई बिदाई गरेका छन् । नेपाली सेनाको टुकडीले प्रधानमन्त्रीलाई ब्याण्ड बाजा सहित सम्मान गारत अर्पण गरेको थियो ।

 

 

४० सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा पत्नी आरजुसहित नेपाल वायु सेवा निगमको जहाजबाट दिल्ली उडेका हुन् ।

भारत पुगेपछि प्रधानमन्त्री देउवा स्थानीय समयअनुसार आज दिउँसो २ः५० मा भारतको नयाँदिल्लीस्थित इन्दीरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने छन् ।

आजै दिउँसो साढे ४ बजे भारतीय विदेशमन्त्री एस जयशंकरले होटल आईटीसीमा प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

भोलि (शनिबार) स्थानीय समय अनुसार बिहान १०ः४० बजे प्रधानमन्त्री देउवा राजघाट जानेछन् । भोलि नै ११ः१० मा हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुनेछ ।

 

मोदीसँगको भेटवार्तापछि हैदरवाद हाउसमा नै दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा नेपाल(भारत द्विपक्षीय बैठक बस्नेछ । बैठक सम्पन्न भएपछि मध्यान्ह १२ः१५ बजे दुई देशका अधिकारीबीच केही सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

भोलि दिउँसो साढे ४ बजे प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्नेछन् ।

प्रधानमन्त्री देउवा आइतबार बिहान ९ बजे उत्तर प्रदेशको वाराणासी जाने छन् । वाराणासीबाट पुनः नयाँदिल्ली आई उनी त्यहाँबाट दिउँसो सवा ४ बजे स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जानकारी दिएो छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend