logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

कंगोमा  एक नेपाली सैनिक घाइते


  • जन आकाश
  • मंगलबार, चैत्र २२ २०७८

 



काठमाडौं । कंगोमा नेपाली शान्ति सेनाको टोलीमाथि विद्रोहीले आक्रमण गर्दा  एक जना सैनिक घाइते भएका छन् ।

 

अपरेशन ‘बाली’का क्रममा ‘कर्डन एण्ड सर्च’ अभियानमा खटिएको टोलीमाथि कंगोका विद्रोहीले गोली चलाएका थिए । त्यसक्रममा एक जना नेपाली शान्ति सैनिकलाई गोली लागेको नेपाली सेनाको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

 

गोली लागेका सैनिकलाई तत्कालै हेलिकप्टरमार्फत उद्धार गरेर बुनियाँस्थिति राष्ट्रसंघको अस्पतालमा लगेर उपचार भइरहेको र  बाँकी सैनिक सबै सकुशल रहेका सेनाले सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend