जन आकाश
काठमाडौ । नेकपा(माले) पार्टीले २०७९ वैशाखमा हुदै गरेको स्थनीय निर्वाचनमा विचार मिल्ने देशभक्त शक्तिहरुसँग गठबन्धन गरेर जाने निर्णय गरेको छ । पार्टीको यहि चैत्र १६–१८ मा रातोपुलमा बसेको केन्द्रीय कमिटीको बैठकले उक्त निर्णय गरेको उक्त पार्टीको बिज्ञप्तिमा उल्लेख छ ।
नेकपा(माले) एक्लैले अहिलेको धुब्रीकृत समाजमा निर्वाचनमा जादा २०७४ सालकै अवस्था आउने र नराम्रो पराजय व्यहोर्नु पर्ने धेरैजति केन्द्रीय सदस्यहरुले विषय उठाएपछि पार्टी गठबन्धनम जाने भएको हो । यतिवेला नेकपा(माले) राप्रपा लिङदेन समुह र नेकपा(एमाले) सँग कुराकानी भएको पार्टीका महासचीव सिपी मैनालीले बैठकमा राखेका थिए ।
उक्त बिषय नै अहिले जिल्ला जिल्लामा गइसकेको हुनाले सम्भवत नेकपा (एमाले) र राजेन्द्र लिङदेन समुहको राप्रपा सँग गठबन्धन हुन थालिसकेको छ । तर पार्टीले जाहा जाहा जुन जुन पार्टीसँग तालमेल गर्न सकिन्छ गर्न पनि पार्टिले निर्णय गरेको केन्द्रीय सदस्य धनश्याम मिश्रले बताए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend