जन आकाश
रामेछाप । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका अन्र्तगत पर्ने माथिल्लो भुभागमा पनि यात्रुहरुलाई सुविधा दिने उदेश्यले पुर्व अरनिको प्रा.लिले सेवा दिने भएको छ । मितिः २०७८ साल चैत्र ३० गते पुर्व अरनिको कार्यलयको निर्णय अनुसार अघिल्लो दिन काठमाडौवाट गएको वस रसनालुमा वास बसेर भोलिपल्ट विहान, सरनालु बुर्के, केसे, टगम, पात्ले हुदै लिसे, चउसपातल,सोर्ते भएर किपा डाडा विगु पुगेर च्याङपारङमा गई बस्ने र सोही बसले भोलिपल्ट सोही वाटो हुदै काठमाडौ जाने गरी सुविधा दिन लागेको पुर्व अरनिको प्रा.लिले प्रेस विज्ञप्ति जारी गरेर जानकारी गराएको हो ।
उक्त माथिल्ला भुभागका नागरिकहरुलाई उनिहरुले उत्पादन गरेका कृषिजन्य सामग्री ओसार प्रसार गर्न तल बजारमा ल्यान असुविधा भएको थियो । आउदा दिनमा यस पुर्व असरनिको यातायात प्रा.लि. सेवा निरन्तर दिएमा माथिल्लो भुभागमा उत्पादन हुने आग्रानिक आलुको निर्यात गर्न सजिलो हुनेछ भने उक्त क्षेत्रहरुलाई प¥यटनको विकासमा काम गर्न सकिने सम्भावना रहेको छ । यस जन आकाश मिडियाका अध्यक्ष मोहन कार्कीको क्षेत्रसमेत भएको हुनालेउक्त क्षेत्र महत्वपुर्ण छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend