logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

माओवादी केन्द्र द्वारा सर्वसम्मत दुइ अध्यक्षको चयन


  • जन आकाश
  • बुधबार, चैत्र ३० २०७८

 



दोलखा । नेकपा (माओवादी केन्द्र) दोलखाले दुई गाउँपालिकामा अध्यक्षका उम्मेदवारको टुंगो लगाएको छ ।

जिल्लाको वैतेश्वर र तामाकोशी गाउँपालिकामा अध्यक्षको पदमा सर्वसम्मत उम्मेदवारको टुंगो लगाएको छ । बैतेश्वर गाउँपालिका कमिटीको मंगलबार बसेको सचिवालय बैठकले

जिल्लाको वैतेश्वर र तामाकोशी गाउँपालिकामा अध्यक्षको पदमा सर्वसम्मत उम्मेदवारको टुंगो लगाएको छ । बैतेश्वर गाउँपालिका कमिटीको मंगलबार बसेको सचिवालय बैठकले युवा नेता लक्ष्मण खड्कालाई गाउँपालिका अध्यक्षको रुपमा सर्वसम्मत निर्णय गरेको गाउँपालिका कमिटीका उपाध्यक्ष टि एन शेर्पाले जानकारी दिएका हुन् ।
लक्ष्मण खड्कालाई गाउँपालिका अध्यक्षको रुपमा सर्वसम्मत निर्णय गरेको गाउँपालिका कमिटीका उपाध्यक्ष टि एन शेर्पाको भनाई छ ।

बैठकमा नेकपा (माओवादी केन्द्र) की केन्द्रिय सदस्य तथा दोलखा जिल्ला इन्चार्ज देवी खड्का,नेता गोपाल पाण्डे,जिल्ला सह(इन्चार्ज परशुराम रिमाल, पालिकाका पदाधिकारी लगायत उपस्थित थिए ।

वडा अध्यक्षहरुमा बैतेश्वरको वडा नं २ मा राज कुमार तामाङ, ४ मा लक्ष्मण चौलागाईं,५ मा भुवन घिमिरे र ७ मा मिनकुमार शिवाकोटी वडा अध्यक्षको उम्मेदवार सिफारिस भैसकेका छन् । पालिकाको बैठकले अन्य वडामा पनि छिट्टै उम्मेदवार टुंगो लगाउने निर्णय गरेको छ । गठबन्धन भएपनि बैतेश्वरमा अध्यक्ष छाड्न नसक्ने निर्णय भएको, तर केन्द्रिय नीति अनुसार पालिका उपप्रमुखमा भने ढोका खुल्ला रहेको र सो उपप्रमुख पद दिनेगरि अगाडी बढ्न सक्ने निर्णय भएको शेर्पाले बताएका छन् ।

त्यस्तै तामाकोशी गाउँपालिका कमिटीले पनि पालिका अध्यक्षको उम्मेदवार टुंगो लगाएको छ । पालिका अध्यक्षमा माओवादीको तर्फबाट सन्तोष केसी सिफारिस भएका छन् । तामाकोशीमा वडा नं १ को अध्यक्षमा सुरेश उप्रेती र वडा नं. ४ मा खड्गविक्रम खडका वडा अध्यक्षमा सिफारिस भएका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend