logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

नयाँ वर्षमा रन सुजको नयाँ मोडेल रन


  • जन आकाश
  • शुक्रबार, बैशाख २ २०७९

मोहन कार्की ।
काठमाडौं– वषौंदेखि आफ्नो उत्पादन विक्रि गरेर उपभोक्ताको मन जित्न सफल रन सुज ईण्डष्ट्रिज प्रा.लि. ले नयाँवर्ष लक्षित नयाँ २५ मोडलका जुत्ताहरु बजारमा ल्याएको छ । स्पोर्टस्मा १५ नयाँ मोडलका र पार्टी,क्याजुयल गरी २५ मोडलका जुत्ताहरु बजारमा ल्याएको हो ।स्पोर्टस् शुजमा युवा लगायत सबै उमेर समूह सम्मका डिजाईनहरु रहेका छन् ।



स्वदेशमै उत्पादित जुत्ता चप्पलहरुको प्रयोगले हाल उत्पन्न भएको तर लता अभाव तथा स्वदेशी आत्मनिर्भरतामा समेत सहयोग पुग्ने र आम देशबासी ग्राहकहरुले स्वदेशी उत्पादनको प्रयोगमा टेवा पुर्याउने कम्पनीका अध्यक्ष रुद्र न्यौपानेले बताउनु भयो ।

रनका नयाँ मोडलका जुत्ताहरुमा उच्च गुणस्तरिय कच्चा पदार्थहरुको प्रयोग गरी बनाईएको, लचिलो सोलका साथै चार एम.एम. को लचकदार इनसोलको प्रयोग गरि निकै आरामदायी हुनुका साथै सर्वसुलभ मुल्य रहेकोे कम्पनीले जनाएको छ । रनका जुत्ताहरुमा ग्राहकहरुले ६ महिनाको वारेन्टी समेत पाउने गरेका छन ।

 

रन शुजको उपत्यका बाहिर पोखरा,बुटवल,विराटनगर,बाग्लुङ्ग,नेपालगञ्ज, अत्तरिया, धनगढी लगायत स्थानहरुमा र उपत्यका भित्र पाँच वटा आधिकारिक शोरुम सहित ७५ वटै जिल्लाहरुमा बिक्रिवितरण हुँदै आएको छ र चाडै निर्यातको तयारीमा कम्पनी लागेको अध्यक्षको भनाई रहेको छ ।

उद्योगले हाल ६०० भन्दा धेरै मोडलका पार्टी शुज, स्पोर्टस शुज, क्याजुअल शुज, लोफर, स्कुल÷कलेज शुज तथा लेडिज र जेन्स चप्पल उत्पादन गरिरहेको कम्पनीले नेपाली नागरिकहरुलाई आफ्नै देशको उत्पादन प्रगोग गरेर सानका साथ आनन्द लिने जमर्को गरेको छ । यसै गरी हरेक क्षेत्रमा नेपाललले आत्मनिर्भर बन्न प¥यास गर्ने हो भने नेपालीहरुको आत्मसम्मान हुनको साथै समृद्धि र सुखी नेपाली बन्न धेरै समय लाग्दैन थियो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend