जन आकाश
मोहन कार्की ।
नेपाल हिमालै हिमालको देश हो । त्यति मात्र होइन नेपाल असंख्यौ पाहाड भएको पनि देश हो । त्यो मात्र काहाँ होर नेपाल प्राकृतिक विविधताले भरिपुर्ण भएको देश हो । जाहाँ हजारौ थरिका फूल, बनस्पति साना देखि ठुला थुप्रै खोला नदीहरु यहि नेपालमा पाइन्छ । भने हजारौ थरिका जीव, पंछी यहि देश नेपालमा छन् ।

यी सवै कुराहरुले भरिपुर्ण भएको नेपालमा पर्याटनको योजना बनाउन नजान्दा राष्ट्रले प्राप्त गर्नुपर्ने आम्दानी गर्न सकेको छैन । सधैको बर्ष झै यो २०७९ सालको बैशाखको समयमा पनि त्यसैगरी देशभरी विभिन्न प्रकारका फूलहरु देशैभरी फुलेका छन् । पालुुवाहरु पलायका छन् । बन पाखामा मृगहरु सिगौरी खेलिरहेका छन् । कालिजहरु बेग हानिरहेका छन् । खोलाहरु सफा बनेर फाल हानिरहेका छन् । भर्नाहरु सफा बनेर छर्रछर्राइरहेका छन् । यतिविग्न प्राकृतिक स्रोत सम्पतिले भरिएको नेपालका नेपालीहरुले यसको फाईदा उठाउन सकेका छैनन् ।
नेपालकै नेपालीहरु दैनिक लाखौ रुपैया खर्च गर्दै विदेशका कतिपय ठाउँमा घुमेरहेका हामीले समाचार पढेका छौ । नेपाल देशको प्राकृतिक सुन्दरता हेर्न विश्वका धनि देशका मानिसहरु नेपाल नआई मरियो भने स्वर्ग जान पाइदैन भन्ने सोच राख्छन् । विगतमा पनि नेपाल देश घुम्न विश्वको धनि देश अमेरिका इरोपका मानिसहरु उदयमान धनी राष्ट्र तथा छिमेकी चीन र भारतका मानिसहरु पनि नेपालकमा अधिक नै आउने गर्दथे । हाल पनि केही मात्रमा आउने गरेका छन् । तर विगतको तुलनामा नेपालको राजनीतिक वातावरण नेपालको नीतिले उनिहरुको लागि आकर्षणमुलक कार्यक्रम नल्याउदा नेपाल आउन चाहाने पर्याटकहरुमा कमी आएको छ ।

नेपालमा २०५२ सालवाट माओवादी जनयुद्धकालमा माओवादीको त्रास त छदैथियो त्यही समयमा नेपालमा २०५८ साल जेठ १९ गते नारायणहिटी राजदरवारमा स्वर्गीय श्री ५ बडामहाराजधिराज विरेन्द्र विरबिक्रम शाहको परिवार सहित बंश नै नास हुने गरी भएको काहाली लाग्दो घटना पछि अन्तराष्ट्रियस्रका पर्याटक नेपाल आउनमा विस्तारै कम हुन थालेका थिए । त्यसपछि निरन्तर रुपमा राजनीतिक अस्थिरताको कारण २०६२ सालमा बनेको सात गठबन्धन र पछि थपियको माओवादीसहित आठ गठबन्धनले २०६३ सालमा राजतन्त्रको ठाउमा गणतन्त्र लेखेर साशन स्थापना गरेको भएपनि १० बर्षसम्म राजनीतिक अस्थिरतका कारण राष्ट्रिय अन्तराष्ट्रियस्रमा नेपाल देशमा घुम्न आउने पर्याटकहरुमा राजनीतिक अस्थिरता भएपनि देशमा आउने पर्याटकहरुमा शान्ति सुव्यस्था छ भन्ने विश्वसनीयता देशले बनाउन सकेन । त्यही समयमा २०७२ साल बैशाख १२ गते सनिवार आएको महा भुकम्पले नेपाललाई मनवीय क्षति पु¥याउनको साथै थप विपत्त सृर्जना गरेको थियो ।
त्यसैको लगतै २०७२ असोज ३ गते नेपालमा नयाँ संविधान जारी गरेर राजनीतिक रुपमा देखिएको अन्यौलता अन्त्य भएपनि त्यसको लगतै भारतीय नाकावन्दीले २०७२ सालमा नै झण्डै ८ महिनाको अर्को समस्या खडा गरेको थियो ।

यि समयहरुमा नेपलमा पर्याटकहरुको आगमन निक्कै कम भयर गएको थियो । नयाँ संविधन जारी भइसकेपछि नयाँ संविधान अनुसार २०७४ सालमा पहिलो पटक संघ÷प्रदेश÷स्थनीय निर्वाचन भएको थियो । त्यसपछि बनेको स्थानीय सरकारहरुले अ–आफ्ना पालिकाहरुमा पर्याटनको लागि विकासका कामहरु जति हुनुपर्ने हो त्यो भइराखेको थियन । नभन्दै परिणामहरु केही नआएको वेला २०७६ साल चैत्र ११ गतेवाट नेपालमा लकडाउनको श्रृखंला शुरु भयो नेपालका स्थानीय तहहरुलाई वाहना बनाउन सजिलो त्यो भन्दा उत्तम उपाय अरु के नै चाहिन्थ्यो र, त्यतिवेलासम्म विश्वका धनि राष्ट्रहरुमा मानिसको हताहती निक्कै बढेको हुनाले ति देशका मानिसहरु धुम्न निस्कन डराउन थाले मानिसहरुमा प्राकृतिकको आनन्द लिदै मनोरम दृष्यम रमाउने चलनमा त्यस २०७६ को लकडाउन पनि मनोवैज्ञानिक असर परेको थियो त्यो अहिलेसम्म परिरहेको छ ।
नेपालको पर्याटन क्षेत्रलाई विकास गर्न गर्नैपर्ने कामहरु स्थनीयको ठाउँवाट स्थानीयले पर्याटकहरुको लागि नेपाली परिकारको मौलिकतालाई कायम राखेर अपनाउनु पर्ने आधुनिकता अर्थात सफा सुघर ति स्थानीयले गरेका प्रगतिहरुलाई प्रोत्साहन पुग्नेगरी गर्नुपर्ने स्थानीय सरकारको आकर्षणयुक्त कार्यक्रम तिनै स्थानीय निकाय र स्थानीय जनताको प्रगतिको अनुभवलाई विश्व बजारमा पु¥याउन् प्रचार प्रसारको काम संघले गरेर नेपालको पर्याटन क्षेत्रलाई विकास गर्न सक्ने आधारहरु देखिन्छ ।

यस्ता सम्भावित कार्यक्रमहरुलाई मध्यनजर गरेर नेपालले आन्तारिक तथा वाहिय पर्याटकवाट बसन्त ऋतुमा मात्रै धेरैभन्दा धेरै आम्दानी गर्न सक्छ । यस्ता सम्भावना बोकेका क्षेत्रलाई विकास गरेर नेपाल देशको अर्थतन्त्र सुधार गर्ने महत्वपुर्ण ठाउँ छ । यसमा सम्बन्धित सरोकार निकायहरुको ध्यान पुगोस् र नयाँ बर्षको प्रारम्भमा नै यसको थालनी होस् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend