जन आकाश
रामेछाप । रामेछाप जिल्लामा यतिवेला सरकारपक्षका गठबन्धनहरुलाई निर्णय गर्न निक्कै सकस भएको छ । नेपाली काँग्रेस पार्टीका प्रभाव भएका ठाउँहरुमा पनि समाजवादी र माओवादीले दवी गर्न थालेपछि गठबन्धनको केन्द्रको धङधङी रामेछाप जिल्लाका पालिकाहरुमा लागु नहुने देखिएको छ । पुष्पलाल, कृष्णलाल, गंगाललको जन्म भएको जिल्ला रामेछाप नेकपा एमालेलाई जति महत्व छ । त्यतिनै नेपाली काँग्रेसका लागि पनि स्वर्गीय विपीलाई ओखलढुङगाको जेलवाट रामेछापको वाटो हुदै काठमाडौको सुन्दरीजल जेलमा लगेको र पछिल्लो समय स्वर्गीय चर्चित समाजसेवी जगदिश घिमिरेको जन्म भएको रामेछाप उत्तिक्कै महत्व छ ।
त्यही जिल्ला रामेछापमा यतिवेला जगदिश घिमिरे लेखेको सकस पुस्तकको शिर्षक जस्तै र भित्र भागमा प्रस्तुत भएका कथा जस्तै सकस भएको छ । कम्युनिष्ट नामधारी जो समाजवाद हुदै साम्यवाद सम्म पुग्न हिडेका बामपन्थीहरु र प्रजातन्त्रको धार बोकेर हिडेको प्रजातान्त्रिक समाजवादको धार बोकेर हिडेको नेपाली काँग्रेस बीचको गठबन्धनलाई फलामको चिउरा चपाउन सजिलो होला तर गठबन्धन त्यतिनै कठिन भएको गठबन्धनमा सहभागी नेताहरुले बताएका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend