logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

आज आमाको मुख हेर्ने दिन विभिन्न प्रकारले मनाइदै


  • जन आकाश
  • शनिबार, बैशाख १७ २०७९

काठमाडौं । वैशाख कृष्णपक्ष औंसीको दिनलाई मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिनको रुपमा मनाउने गरिन्छ । जन्म दिने आमालाई मीठा परिकार खुवाएर तथा राम्रा कपडा लगाउन दिएर खुशी पार्ने प्रचलन रहदै अएको छ । त्यसैले भौगोलिक रुपमा आमाभन्दा टाढा भएकाहरु सकेसम्म यस दिनमा आमालाई भेटेर सम्मान गर्छन् र आशीर्वाद लिन्छन् ।



 

तर, आमा नभएकाहरु भने तर्पण र पिण्ड दान गर्न काठमाडौंको थानकोट नजिकै मातातिर्थ पुग्छन् । आफ्नो आमालाई सम्झिँदै काठमाडौंको मातातीर्थमा पुग्नेहरूको आज घुइँचो लागेको छ ।

आमा नहुने नरनारी मातातीर्थमा गई स्नान तथा हरिहर (विष्णु र शिव)को पूजा गर्छन् । आमा नभएकाहरुले सके प्रत्येक वर्ष, नसके एक पटक मातातीर्थ औंसीमा श्राद्ध गर्नुपर्ने मान्यता समेत छ ।तर यसरी श्रद्ध गर्ने चलन अचेल मानिसहरुको व्यस्तताको कारण कम हुदै गएको छ ।

 

मातातीर्थमा मूर्तिकार रामकृष्ण भण्डारीले बनाएको सबैकी आमाको प्रतीक ‘साझा आमा’को मूर्ति स्थापना गरिएको छ । मातातीर्थमा रहेको कुण्डमा आजकै दिन हरेक वर्ष आमा नहुनेले त्यहाँ गई नुहाएर मीठामीठा खाद्यपदार्थ चढाई मातृ दिवस मनाउने गर्दछन् । भने कतिपय आमा वा नहुनेहरुले बृद्धा आश्रमहरुमा गएर फलपुल वितरण गरेर पुण्यको काम गर्ने गर्दछन् । कतिपयले पुरानै प्रचलनलाई मान्यता दिएर फलफुल मुर्तिमा चढाउछन् भने कतिपय मानिसहरुले त्यहा चढाउने फलफुल, मिठाई बृद्धा आश्रमहरुमा लगेर बृद्धाबृद्धाहरुलाई वाड्ने गर्छन । यो आफ्नो स्वतन्त्र सवै नेपालीहरुलाई छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend