जन आकाश
मोहन कार्की ।
रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वाडन २ डाडागाउँ टोलका किसानहरुले बाख्र्राहरुको लागि प्रयोग हुने जइ घास उत्पादन गर्न प¥याप्त विउ नपाएको गुनासो गरेका छन् । गाउँपालिकाले एक कृषि फाम बराबर २ केजी मात्र दिने तर धेरै बाख्र्र्रा खरायो भएका किसानलाई त्यो हात्तिको मुखमा जिरा भएजस्तो मात्र हुने डाडा गाउँका फुरगेली बाख्रा प्लान फामका अध्यक्ष रहेका फुरगेली शेर्पाले किसानहरुको लागि पालिकाले केही दिएको जस्तो गर्ने तर प¥याप्त किसानले मागेको जति बिउ नदिने बरु पैसा नै लियर दिएको भएपनि हामी किनेर ल्याउथ्यो भनेको ठाउँमा त्यस्ता उन्नत जातका घासका विउहरु नपाउने र किन्न दोलखाको पनि वैतेश्वर पुग्नुपर्ने हैरानी भएको गुनासो जन आकाश मिडियमा गरेका छन् ।
हामी उनको फाममा पुग्दा उनले उक्त कुरा बताएका हुन् । गएको साल बैतेश्वर दोलखावाट किनेर ल्याई छरेको जई घासवाट फुलेको फुलवाट विउ निकाल्न सुकाएको बिस्कुनमा जइ खुट्टाले माड्दै थिए । हामीले यो जइ घासको विउ उत्पादन गर्न लागेको हो भन्ने प्रश्नमा उनले भने हाम्रोमा घास राम्रो भएपनि फुल त्यति राम्रो नफुल्दो रहेछ । तै पनि विउ भइहाल्छकी भनेर टाढा–टाढा किन्न जानुभन्दा याही उत्पादन गर्दा भयो भने समयको बचत र पैशाको बचत हुन्थ्यो भनेर परिक्षण गर्न लागेको सुनाए ।
नेपालमा पराम्परागत कृषि गर्ने चलन त छदैछ । तर आधुनिक कृषिको लागि अपनाइने सामान्य तरिकाहरु पनि किसानलाई सरकारको तर्फवाट नहुदा किसानहरुले भोग्नु परेका यस्ता खालका समस्या वेला वेलामा उठिरहेको हुन्छ । त्यस्तै समस्या गोकुलगंगा गाउँपालिकाका किसानहरुको पनि रहेको छ । सम्वन्घित निकायको ध्यान पुगोस् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend