logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

उमाकुण्डमा यस्तो छ पार्टीहरुले उठाएका उम्मेद्धार


  • जन आकाश
  • मंगलबार, बैशाख २७ २०७९

रामेछाप÷उमाकुण्ड । आसन्न हुन गइरहेको स्थनीय २०७९ निर्वाचनमा रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकावाट कुन कनु पार्टीले काहा काहा को को उठाए हेर्नुस् सुचीसहित ।



नेपाली काँग्रेसवाट गाउँपालिका अध्यक्षमा जीत बहादुर कटवाल
उपाध्यक्षमा सावित्री सुनुवारलाई उम्मेद्धारी उठाएको छ ।

त्यसैगरी एमालेवाट गाउँपालिका अध्यक्षमा शेर बहादुर सुनुवार
उपाध्यक्षमाः गंगा कार्की रहेका छन् ।

शेर बहादुर सुनुवार निवर्तमान पालिका अध्यक्ष हुन् । एमालेले अधिकांश स्थानीय निकायमा जितेका पदहरुमा दोहो¥यायको छ । यसले समाजमा नकरात्मक असर पर्न सक्ने जनताको भनाई छ ।

जीत बहादुर युवा नेता
नेपाली काँग्रेसले २०७९ सालको स्थानीय निर्वाचनमा युवा नेतृत्वलाई बढी ध्यान दिएको छ । उमाकुण्डमा जित बहादुरको उमेर ४० को हाराहारीमा रहेका छन् ।

त्यस्तै नेपाली काँग्रेसले गोकुलगंगा गाउपालिकामा पनि ३५ बर्षका काजी बहादुर खड्कालाई उम्मेद्धार उठाएको छ । यसले नेपाली काँग्रेस रामेछापले युवाहरुको बषौदेखि उठाउदै आएको युवापुस्तामा नेतृत्व भन्ने नारालाई सम्बोधन गरेको जस्तो देखिन्छ ।

शेर बहादुर सुनुवारलाई भ्रष्टचार गरेको आरोप
उमाकुण्डका निवर्तमान अध्यक्षलाई भ्रष्टचार गरेको भन्दै जनताले यतिवेला आरोप लगाउने गरेका छन् । गाउँपालिकामा आएको वजेट अनियमियतता गरी काठमाडौको उपत्यकाको ललितपुरमा आफन्तको नाममा महगा घर घडेरी जग्गा जोडेर पालिकालाई चै अन्धकारमा राखेको आरोप लगाएका छन् । रामेछाप र सोलुखुम्बु जिल्लाको सीमानामा वग्ने सोही लिखु खोलामा बन्दै गरेका जलविधुत आयोजनाहरुवाट अप्रत्यक्ष मार्षिक रकम अशुल गरेको र सोही रकम समयमा हाइड्रोले दिन नसक्दा डाईभर कुटेको एकजना जानकारको भनाई छ ।

उमाकुण्डका निवर्तमान अध्यक्ष तथा नेकपा एमालेवाट पालिकाको लागि पुनः अध्यक्षको लागि दोहो¥याएका उम्मेद्धार शेर बहादुर सुनुवारले यस्ता अरुपनि अवैधानिक काम गरेको आरोप जनताले लगाउने गरेका छन् ।

यता शेर बहादुर सुनुवारलाई उक्त आरोप के हो भनेर सोददा उनले निर्वाचनको वेला विपक्ष दलका कार्यकर्ताले मलाई निराधार आरोप लगाएका हुन् । यदि त्यस्तो गरेको भए प्रमाणित गरेर देखाउन चुनौति दिए ।

हिक्मत सुनुवार पालिका अध्यक्षमा राप्रपावाट उठे
नेपाली काँग्रेसका हिक्मत सुनुवार पालिका अध्यक्षमा राप्रपावाट उठेका छन् । उनले उमाकुण्ड गाउँपलिकाको अध्यक्षमा टिकटको माग गरेका थिए । तर पार्टीले टिकट युवा नेता जित बहादुर कट्टवाललाई दिएपछि हिक्मत सुनुवार राप्रपावाट पालिका अध्यक्षमा उठेका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend