जन आकाश
रामेछाप । रामेछाप नगारपालिकाको वाडन. १ गोठगाउँमा त्रिपक्षिय प्रतिस्पर्धा हुने भएको छ । जसमा त्याहानै स्थानीय रुपमा बसोबास गरेर काम गरिरहेका बाबुराम कार्की नेकपा(एकीकृत समाजवादी) पार्टीवाट वडा अध्यक्षमा उम्मेद्धारी दिएपछि कलम चिन्हका उम्मेद्धार बाबुरामको चर्चा निक्कै हुने गरेको छ ।
तुलनात्मक रुपमा बाबुराम कार्की अन्य दुई उम्मेद्धार भन्दा निक्कै अनुभवी जनताको घरदैलोमा नै सधै भेटिने र जनताको सुखः दुखमा साथ दिने गरेको स्थनीयहरुको भनाई आएको छ ।
उनका प्रतिद्धन्द्धी नेपाली काँग्रेसका रेख बहादुर खत्री पेशाले निर्माण कम्पनी चलाउने ठेक्का पट्टा गर्ने ब्याक्ति हुन् । भने नेकपा (एमालेवाट ) उम्मेद्धार उठेका शिव कार्की ग्रील व्यावसायी हुन् । यि माथिका शिव कार्की र रेख बहादुर खत्री दुवै उम्मेद्धार गोठगाउँका स्थानीय भएपनि गाउमा खासै नबस्ने हुदा । बाबुराम कार्की स्थानीयको रोजाईमा पर्न सक्ने सम्भावना बढेर गएको त्याहाका स्थानीयको भनाई रहेको छ ।
कोहुन गोठगाउँ १ का वडा अध्यक्षका उम्मेद्धार बाबुराम कार्की ?
२०३८ सालदेखि वडा कमिटी हुदै नेपाल कम्यु्निष्ट पार्टी माक्सवादी लेलिनवादीको जिल्ला कमिटी सदस्य भएसकेका र विगतका स्थानीय निर्वाचनहरुमा गा.वि.स. उपाध्यक्ष दुई कार्यकाल जनताको सेवा गरिसकेका अनुभवी, जनताको साथ छोडेर कतै नगई गोठगाउँमा नै सेवा गरिरहेका अरुले धनको लोभ लालच देखाउदा समेत कतै प्रलोभनमा नपरेका बाबुराम कार्कीलाई यतिवेला गोठगाउँका स्थानीयहरुले मत दिएर जिताउने चर्चा चुलिदै गएको छ ।
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी वीचको गठबन्धन पनि भएको हुनाले वडा अध्यक्षमा जित्ने सम्भावन रहेको छ । अरु दुई प्रतिद्धान्द्धी गाउमा खासै नबस्ने भएपनि ठुला पार्टीवाट टिकट पाएको हुदा तामझाम रहेको छ । तर वडा अध्यक्ष हुन स्थानीय रुपमा नै काम गरेको मान्छे जनताले छान्ने हो भने बाबुराम कार्कीको जित हुने प्रर्वल सम्भावना देखिन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend