जन आकाश
रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा नेपाली काँग्रेसले मेयर र उपमेयर सहित ७ वटा वडा जितेको छ । वाडन. २ र ९ मा माओवादी केन्द्रले वडा अध्यक्ष सहित जितेको छ भने बाकी सवै वडामा नेपाली काँग्रेसले जित हासिल गरेको छ । मेयरका उम्मेद्धार लवश्री न्यौपानेले ६६३९ मत प्राप्त गरी उनका प्रतिद्धन्द्धी रोशन पाख्रीनलाई ६५३ मतान्तरले जितेका हुन् । रोशन पाख्रीनको ५९८६ रहेको थियो ।
त्यसैगरी उपमेयरको पदमा भएको प्रतिस्पर्धामा वालकुमारी कार्कीले उनको प्रतिद्धान्द्धी सिता केसीलाई १२९३ मतान्तरले पराजित गरेकी छन् । विजयी भएकी वालकुमारी कार्कीले प्राप्त गरेको मत ६६४० रहेको छ । भने पराजित भएकी सिता कुमारी खत्रीले प्राप्त गरेको मत ५३४७ रहेको छ ।
यतिवेला रामेछाप नगरपालिकामा नेपाली काँग्रेसले विजयी जुलुस निकालेको छ । विजयी जुलुसमा नेपाली काँग्रेसका जिल्ला सभापति पुर्ण बहादुर तामाङले सम्बोधन गर्ने रामेछाप काँग्रेस नगर समितिले जानकारी दिएको छ ।
रामेछाप नगरपालिकामा रोशन पाख्रिनले मेयरमा जित्ने माहोल भएको भनेर चर्चा चलिरहेकै वेला पुर्ण बहादुर तामाङ(कान्छाराम) निर्वाचन हुनुभन्दा तिनदिन अगाडी रामेछाप पुगेर फर्केका थिए । त्यसपछि एकाएक नेपाली काँग्रेसको माहोल बनेको थियो ।
त्यसैले पनि होला नेपाली काँग्रेस रामेछाप नगरपालिकामा जित हासिल गरेका टिमले आज निकालेको जुलुसमा आठ रुख सात छाप नेकपा(एमाले) पत्तासाफ , यो जित कस्को नेपाली काँग्रेसको, देखिस होला एमाले जनताले भोट काहा हाले जस्ता नारा लगाएका थिए । जुन शव्द कान्छारामले नेकपा (एमाले)लाई रामेछापमा पत्तासाफ गर्ने भनेर विभिन्न ठाउँमा भन्दै आएका थिए ।
रामेछाप नगरपाकिाका जनताले भोट हालेका रहेछन् तर जित चै काँग्रेसले मात्रै गरेको रहेछ । किनकी यो जित कस्को काँग्रेस मात्रै भनेर नारा लगाइएको थियो । जित पछि यस्ता पराजित भएका पार्टीप्रति गर्ने उत्तेजित शव्दले अरुको अस्तित्व स्वीकार्न नसक्ने नेतृत्व रामेछापमा आएको त होइन ? बौद्धिक जनताहरुमा खुल्दुली मच्चीयको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend