logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

निजगढ बिमानस्थल रोक्नेहरु को को हुन् खोजी गरौ


  • जन आकाश
  • शुक्रबार, जेष्ठ १३ २०७९

मोहन कार्की ।
नेपालको राष्ट्रिय गौरवको आयोजना भनेर निक्कै प्रचार गरिएको निजगढ विमानस्थल रोक्न सर्वोच्चले गरेको आदेश नेपाल र नेपालीको हितमा नभएको भन्दै बिभिन्न संघ÷संस्थाले आपत्ति जनाएका छन् । २०७९ साल जेठ १२ गते विहिवार सर्वोच्च अदालतले गरेको निर्णयलाई विकासवादी संघ, संस्थाले अपात्ति जनाएका हुन् ।



नेपालको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल साघुरो र ठुला वोइङहरु ल्याण्ड गर्न कठिनाई र कहिलेकाही अर्को बैकल्पिक अन्तराष्ट्रिय विमानस्थल नहुदा नेपालमा हवाई ट्रफिक जाम हुदा नेपाल आएका विमानहरुलाई भारतमा डाइभट गर्नुपर्ने बाध्यता छ् ।

त्यो समस्यालाईं सावधान गर्न र नेपालको प¥र्यन विकासको लागि समेत दिर्धकालीन रणनीतिक योजनामा राखेर अरबौ खर्च गरिसकेको सरकारले गौरवको आयोजना भनेर घोषणा गरिसकेको योजनालाई नेपालका सर्वोच्च अदालतमा पुगेका नेपालीले नै यस्ता दुभाग्यपुर्ण निर्णय गर्नुले नेपालको विकासलाई हेर्ने नेपाली त्यसमा पनि उच्च सम्मानीत क्षेत्रका पदका मानिसहरुको सोचमा परिवर्तन नआएको सहजै देखिन्छ ।

विकासका कामहरुलाई कुनै अमुक ब्याक्तिहरुले मुद्दा हालेकै भरमा काम रोक्ने चलन रहदै आएको थियो त्यस्तै राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तराष्ट्रिय विमानस्थल समेत त्यसको चपेटामा परेको छ । पात्र देखिएका छन् । प्रकाशमणि शर्मा र रञ्जु हजुर पाँडे यी दुवैले वातावरणीय क्षति हुने भनेर सर्वोच्च अदालतमा मुद्दा हालेका थिए ।

यस्ता प्रकृतिका मुद्दाहरुमा बहिर जो जुन पात्र देखिएपनि भित्री रहस्य अरुनै केही हुनसक्ने विकासवादी विज्ञहरुको राय आयको छ । यस्ता निर्णयहरुले नेपालको विकासमा अवरोध त पुग्छ नै । नेपालीहरुको सुन्दर सपनामा पनि हिलो छ्याप्छ ।

विगतका त्यस्तै घटनाहरुले नेपालमा ठुला स्केलका आयोजना त्यति वनेका थिएनन् र छैनन् कारणहरु यस्तै यस्तै हुने गरेका छन् । विगतमा सञ्चार माध्यमको पहुच र विकास नहुदा यस्ता विकास विरोधि कामहरु सेटिङमा नै सकिन्थे तर आजको सञ्चारको युगमा काहा, के, कसरी, किन, कस्ले, भन्ने जस्ता प्रश्न जनताले प्रत्यक्ष थाहा पाउने गर्छन् । यसको जवाफ सम्बन्धित निकायले दिनुपर्ने बाध्यता आउछ । त्यसको उचित आधार र विश्सनीय उत्तर नभएमा बौद्धिक भनेर चिनियका वरिष्ट अदिवक्ता समेत भइसकेकाद्धयलाई नैतिक संकट आइलाग्ने सम्भावना बढी छ ।

वातावरण प्रभाव पार्ने वित्तिक्कै विकास रोक्नुपर्छ त ?
अन्तराष्ट्रिय विकासहरुलाई हेर्ने हो भने देशले प्रथामिकतामा राखेर गर्ने काममा काही कसैले प्रश्न समेत गर्न पाउदैन । नेपाल मात्र त्यास्तो देश हो जाहा एउटा अमुक ब्याक्तिले राष्ट्रिय गौरवको आयोजना बनाउन हुदैन भनेर मुद्दा हाल्यो भने अरबौ अरब लगानी भइसकेको आयोजना रोक्नुपर्छ ।

यस्तो नियति हाम्रो नेपाल देशमा अनुुहार नेपाली नागरिता नेपाली तर व्यवहार अन्तै कतैको निर्देशनमा गर्ने खालका कामहरु हुने गरेको आरोपहरु लाग्ने गरेको छ । यस निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण रोक्ने कामपनि त्यसैगरी अन्तै कतैको निर्देशनमा पछाडीवाट अह्रायको काम भएको शंका विभिन्न विज्ञहरुको भनाई आइरहेको छ ।

ति शंकाहरु सहि पनि हुनसक्छन् । किनकी नेपालको विकासको गति कछुवाको घिस्राइमा भइरहेको वेला ठुला स्केलका आयोजना बन्दा देशको अर्थतन्त्रमा आउने प्रगति हुने क्षेत्रहरु एकपछि अर्को गर्दै रोक्ने कामहरु हुदै आएका छन् । ति जलविधुतका ठुला परियोजना देखि भौतिक सरचना, पर्यटन क्षेत्रसँग सम्बन्धित बिषयहरु कहिले गौतम बुद्ध सर्किट बनाउन समेत ढिलो गर्ने बनाउन अवरोध सृर्जना गर्ने देखि नेपालका खोलाहरु झोलामा बन्दक बनायर राख्ने जस्ता कामहरु हुदै आएका छन् ।

यस्ता कामहरु देशका महत्वपुर्ण ठाउमा वसेका ब्याक्तिहरुले नै गर्दै आएका छन् । उनिहरुको कार्य क्षणिक समयको लागि रोक्न सफल होला तर धेरै समय टिक्न सक्ने देखिदैन । आजको युग नेपालका हरेक मानिसहरुले विकासको योजनालाई साथ दिने पक्षमा धेरै भइसकेका देखिन्छन् ।

त्यसकारण नेपालको निजगढ अन्तराष्ट्रिय विमानस्थल बन्नुपर्छ भन्नेको जनमत बन्दै गएको देखिन्छ । देशको अर्थतन्त्रमा टेवा पु¥याउने यस्ता ठुला स्केलका आयोजनाहरु बनाउन कसैले पनि अवरोध सृर्जना गर्नुहुदैन भन्ने विकास विज्ञहरुको भनाईलाई आधार मानियको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend