logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

पोखरावाट जोमसोम उडेको तारा एयरमा यात्रारत एकै परिवारका ७ जना


  • जन आकाश
  • सोमबार, जेष्ठ १६ २०७९

 



काठमाडौ । पोखराबाट मुस्ताङ जिल्लाको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको बिमान दुर्घटनामा धनुषाको एकै परिवारका सात जना परेपछि गाउँ शोकमा डुबेको छ ।

बिमान दुर्घटनामा १३ जना नेपाली मध्ये सात जना धनुषाको मिथिला नगरपालिका–११ लोटाका हुन् । उनिहरुको मृत्यु भए नभएको बारे कुनै पृष्टि भएको छैन । सम्पर्क विहिन भएको विमानहरु सम्भवत भेटिएमा पनि सुभ समाचार आउदैनन् ।

बिमान दुर्घटनामा अन्दाजी ४२ वर्षिय राजनकुमार गोलेसहित उहाँको आफन्तहरु परेका छन् । राजनका बुवा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ्ग, काका पुरुषोत्तम गोले, काकी तुल्सादेवी तामाङ्ग, मामा मकरबहादुर तामाङ्ग र माइजू सुकुमाया तामाङ्ग गरी सात जना एक परिवारका सदस्यहरु बिमान दुर्घटनामा परेका छन् ।

उनिहरु मुक्तिनाथ दर्शन गर्न जोमसोम गएका थिए । एकै परिवार तथा एउटै टोलमा बस्ने सात जना बिमान दुर्घटनामा परेपछि गाउँवासीमा रुवावासी चलेको छ । दुर्घटनामा परेका आफन्तलाई सान्त्वना दिन गाउँलेहरु घरमा भेला भएका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend