logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

मेलम्चीको पानी काठमाडौमा छ्याल्ल व्याल्ल भन्ने शव्द छेपारोको कथा उस्तै


  • जन आकाश
  • मंगलबार, जेष्ठ १७ २०७९

काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको सुरुङको सिन्धुपाल्चोकस्थित अम्बाथानमा रहेको मूल ढोका बन्द गरेको छ । योसँगै काठमाडौंमा मेलम्चीबाट पानी आउने र मस्तसँग पानीले नुहाउने काठमाडौमा बसोबास गर्ने नागरिकहरुको आशा जीवनभर सपना सपना नै भइराख्ने भएको छ ।



मेलम्ची खानेपानी विकास समितिले सुरुङको ढोका बन्द गरेर काम रोेकीसकेको छ र प्रविधिकहरु काठमाडौ फर्किसकेका छन् । आउदो कार्तिकवाट मात्र काम शुरु गर्ने मेलम्ची आयाजनाले जनाएको छ ।

राजनीतिक पार्टीहरुले मेलम्चीको पानीको कथा गाउन र भन्न लाजै नमानी भट्ट्याउने गरेकै छन् । तर त्यो २८ बार्षमा पनि मेलम्चीको पानी काठमाडौ ल्याउन सकेका छैनन् । सुख्खा मौषममा खानेपानीको काठमाडौमा चरम अभाव हुने गरेको छ । यस्ता समस्याहरु हुदा पनि बैकल्पीक पानीको खोजी नगरेर मेलम्चीको छेपारोको कथा भरेर नै सत्तामा बस्ने र मिनिरल वाटर किनेर खान सक्नेजतिले खानेपानी माथिको झेल गर्दै आएका छन् ।

छेपारकोले तीनतले घर बनाउछु भनेर राति भन्ने गर्छ तर भोलिपल्ट घाम लाग्ने वित्तिक्कै विर्सन्छ । नेपालको मेलम्चीको कथा सम्बन्धित निकायका छेपाराहरुले त्यसतै गरिरहेका छन् ।

के के बहाना गर्दै अराबौ लागत बढाउदै पानी माथिको झेल गरेर देशलाई नोक्सान र जनतालाई सुविधावाट बञ्चित गर्ने काम यिनै छेपाराहरुले गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend