logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

काठमाडौ महानगरपालिका भित्र फोहोर माथिको राजनीति कहिलेसम्म ?


  • जन आकाश
  • आइतबार, जेष्ठ २२ २०७९

काठमाडौ । काठमाडौ महानगरपालिका भित्र यतिवेला फोहोर गन्हायर बसिसक्नु छैन भने बाटोमा हिड्ने मानिसहरुलाई समेत फोहोरको गन्धले उल्टी हुने बनाएको छ ।



यो फोहोर जति धातक छ । त्यतिनै नेपालका राजनीतिक पार्टीहरुको फोहोरमाथि अन्तर कुनावाट गर्ने फोहोरी राजनीति त्यो फोहोरको गन्धभन्दा कयौ गुना देश र जनता विरोधी छ ।

देख्दा राजनीतिक पार्टीहरुको दोश बाहिर नदेखिएपनि भित्री रुपमा राजनीतिक पार्टीको संगठनमा आवद्ध कार्यकर्ताहरुले वेला वेलामा नजायज माग राखेर गरिने हडताल, बन्द, अवरोध जस्ता कामहरुले देशको राजधानि समेत रहेको काठमाडौ महानगरपालिका प्रभावित गर्ने गरेको छ ।

त्यो काम राजनीतिक पार्टीका कार्यकर्ता फिल्डमा देखिएपनि त्यसको मुल साचो केन्द्रीय नेताहरुको निर्देशन अप्रत्यक्ष हुने गरेको छ । चाहे त्यो सरकारमा रहेको पार्टी होस् वा सरकारभन्दा बाहिर रहेको नै किन नहोस् । यस्ता अवरोध गर्ने काममा यिनै नेताहरुको संलग्न भएको देखिन्छ ।

त्यसकारण यो समस्याको जड राजनीतिक पार्टीहरुनै हुन् । उनिहरुको सोच जनतालाई सेवा सुविधा दिने छैन भन्ने नै देखाउछ । नभए वेलावेलामा हुने यस्ता अवरोधका गतिविधि किन भइरहन्छन् ।

काठमाडौको सिसडोलमा फोहोर फाल्न ल्याण्डफिल्ड साइड बनाइएको छ । उक्त क्षेत्रमा ल्याण्डफिल्ड साइड बनाउन त्यतिवेला नै नेपाल सरकार, कठमाडौ महानगरपालिका, त्याहाको स्थानीय निकायसँग सम्झौता भएर नै त्यतिवेला काम शुरु भएको थियो । त्यो वेला शुरु भएको काम र सम्झौताको आधारमा नै ति क्षेत्रहरुमा सडक, हस्पितल, त्यहाका स्थानीयलाई प्रथामिकतामा राखेर अवसर दिइएको कुरा उल्लेख छ ।

त्यति हुदाहुदै पनि वेलावेलामा कुन पार्टीको सरकार सत्तामा छ । कुन पार्टीको मेयर महानगरमा छ । त्यसलाई असर पु¥याउन के के गर्नुपर्छ जस्ता कुराहरु हेरेर पछाडी कुनामा वसेर योजना बनाउदै आम मानिसको स्वास्थ्यको असर पार्ने फोहोर माथिको राजनीति काठमाडौ महानगरपालिकामा पनि भएको छ । यो समस्याको सावधान राजनीतिक पार्टीले इमानदारिता देखाएर आफ्ना कार्यकतालाई अवरोध नगर्न निर्देशन नदिएसम्म सावधान हुने देखिदैन ।

जसको कारणले काठमाडौमा बसोबास बासिन्दा र देशका सवैक्षेत्रवाट अएर काठमाडौमा बसोबास गर्ने आम नेपालीहरुलाई स्वस्थ्यमा विभिन्न खालका रोग उत्पन्न हुने देखिन्छ ।

विकल्प अपनाउन नसक्दा समस्या ज्यूका त्यु

यस्ता फोहोरको समस्या सावधान गर्न काठमाडौ महानगरपालिकाले टेकुमा विगतमा नै फोहोर प्रशोधन गरेर १० मेगावाट विधुत उत्पादन गर्ने विकल्पहरु सार्वजानिक भएका थिए । यस्ता विकल्पहरु सावजानिक भएको भएपनि कार्यन्वयनमा आएनान् । मेयर विद्यासुन्दर शाक्यको ५ बर्षे कार्यकाल त्यतिकै वित्यो ।

समस्याको बिकल्प खोजौ ।
फोहोर मानिसले जति कम गर्न चहायो त्यतिनै कम गर्न सक्छन् । अर्को फोहोरवाट पुनः प्रयोग गर्न मिल्ने फोहोर एकठाउँ जम्मा गरेर त्यहीवाट पुनः प्रयोग हुने उधोगमा पठाउने गर्नुपर्छ । त्यसो गर्दा फोहोरको मात्र घट्छ ।

घरमै पनि कुइने र नकुहिने फोहोर छुट्याएर राख्ने चेतनाको लागि महानगरले व्यवस्थित डस्टपिनको व्यवस्थान गरिदिने र कुइने फोहोरलाई नजिकै कुनै एउटा केन्द्रमा कम्पोष्ट मल बनाउन महानगरका फोहोर कलेक्शन गर्ने निकायलाई लगाउने । त्यसो गर्दा फोहोर कम गर्न सकिन्छ एकातिर भने अर्कोतिर कृषिलाई कमपोष्ट मल कामलाग्छ । वातावरणीय दृष्टिले दुवै राम्रो हुन्छ ।

तत्कालको समस्या सावधानको उपाय
काठमाडौ महानगरपालिका क्षेत्रका चोक चोकमा थुप्रीयका फोहोर सवैभन्दा बढी पलाष्टिकका सामानहरु नै देखिन्छन् । भने केही फुटेक सिसा, कुच्चियका भाडाकुडा, विदेशवाट सामान ल्याएका खोल कार्टुनहरु देन्छि ।

यी कागजजन्य फोहोरलाई जलाउदा स्वस्थ्यमा असर नगरेपनि पलाष्टिक जन्य फोहोर जलाउदा असर गर्छ भनिएको छ । जे जस्तो भएपपनि कहिलेकाही समय र परिस्थितिको सामना गर्न निकास निकाल्न पर्ने हुन्छ । अहिले काठमाडौमा थुप्रीएको फोहोरको निकास दिन कागजजन्य र पलाष्टिकजन्य फोहोरलाई कुनै खुल्ला ठाउमा लगेर जलाउने र कुइने तरकारी टुक्राटुक्री चियापतिको ढुटो भातभान्साको जुठोलाई कतै एकाठाउमा मानव वस्ती कम भएका क्षेत्रमा लगेर खाल्टोमा हाल्ने गर्दा सिसडोलको समस्या रहुनजेल वा अर्को विकल्प नखोजुनजेल सावधान गर्ने उपाय हुनसक्छ ।

यस्ता कुनैपनि उपायले काम गरेनन् भने नेपालको सवैभन्दा धेरै खुल्ला ठाउ भउको सिंहदरवारमा लगेर फोहोर थुपारेर भएपनि काठमाडौमा कोच्चियर निसासियर बसेका बाहिर निस्किदा झनै फोहोर गन्हायर अकान्त जन भावनालाई शान्तिदिन भने पनि यो काम गनैपर्ने देखिन्छ ।

यस्ता रचनात्मक कामहरु गरेर काठमाडौ महानगरपालिकामा खेलेको फोहोर माथिको राजनीतिलाई चुनौती दिदै सिसडोलमा उफ्रिएका रिमोट कन्ट्रोलका रिमोटहरुको व्याट्री भिकिदिन सक्नुपर्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend