जन आकाश
काठमाडौ । समयसँगै तीव्र रुपमा स्मार्टफोनले पनि फड्को मारेको छ । आज उपभोक्ताको धारणाहरु परिवर्तन गर्दै स्मार्टफोन हातमा सहजै बोक्न मिल्ने बहु–कार्यात्मक उपकरणको रुपमा विकसित भइसकेको छ । ती समयलाई सम्झनुहोस् जब फोनहरू खल्तीवा पर्समा राख्दा समेत भारी वा बोझिलो हुन्थे र विशाल भएता पनि ती उपकरणले केवल कम–रिजोल्युशनका तस्वीरहरु खिच्थे । पहिला मोबाइल फोनको एकमात्र उद्देश्य भनेको मानिसहरूलाई कल गर्ने साथै दिनभर उनीहरूका धेरैजसो कार्यहरूमा मद्दत गर्ने हो जसका लागि ठूला ब्याट्री हुन्थ्यो । त्यसपछि, स्मार्टफोनमा तस्विरहरू क्लिक गर्ने क्षमतावृद्धि र अन्य सुविधाहरू पनि यसमा थप हुँदै गए । त्यसबेला देखि, प्रयोगकर्ताहरूले कहिले पनि स्मार्टफोन खरिद गर्दा आफ्नो इच्छा र चाहनामा सम्झौता गरेका छैनन् । त्यही उपभोक्ताहरुको चाहानालाई कम्पनीले ध्यान दिएर नयाँ प्रविधिको विकास गदै आएको छ ।
उत्कृष्ट प्रविधि
स्मार्ट क्यामेराको विकास संगै अब व्यावसायिक गुणस्तरका तस्बिरहरू साना उपकरणहरूबाट सहजै खिच्न सकिन्छ । स्मार्टफोनमा एआई–संचालित स्मार्ट विशेषताहरू छन् जसले वातावरणको पहिचान गर्दै नोइज हटाउन, पर्याप्त प्रकाश मिलाउन तथा सुधार गर्न,सार्पनेश मिलाउदै फ्रेममा कुनै पनि अनावश्यक वा धमिलो तत्वहरू हटाएर फोटोहरूलाई स्वचालित रूपमा सुधार गर्न सक्षम बनाउँछ । स्मार्टफोनले पृष्ठभूमिको विश्लेषण र पहिचान गर्न,व्यक्ति र वस्तुहरू पहिचान गर्न एआई एल्गोरिदम प्रयोग गर्दछ । यसले विषयलाई फरक बनाउन र दृश्यलाई तीव्र रूपमा सुधार गर्न ब्लर जस्ता विभिन्न मोडहरू र विशेषताहरू सुझाउँछ ।
भिभो एकग्लोबल टेक्नोलोजी ब्रान्डहो जुन ग्राहक केन्द्रित नवीनता प्रति प्रतिबद्ध रहेको छ । यसै प्रतिबद्धता प्रति अटल रहँदै भिभोले सुलभ तथा प्रिमियम सिरिज स्मार्टफोन पोर्टफोलियोमा एआई क्यामेरा टेक्नोलोजी प्रदान गर्दै आइरहेको छ । एआई क्यामेरा एल्गोरिथ्मले विषयलाई पृष्ठभूमिबाट छुट्याउछ र सनसेट, म्याक्रो, ल्यान्डस्केप, पोट्र्रेट, लगायत धेरै इनबिल्ट प्रिसेट दृश्यहरू प्रदान गर्दछ जसले प्रकाश र अन्य कारकहरूमा आधारित वातावरणको आकंलन गर्दै प्रयोगकर्ताहरूलाई एकै पटकमा स्मरणीय क्षणहरु क्याप्चर गर्दछ ।
प्रिमियम डिजाइन
भिभो प्रायःउत्कृष्ट क्यामेरा र आकर्षक डिजाइनका लागि परिचित छ जसकारण स्मार्टफोन उत्साहीहरूको मन जित्न सफल भएको छ । भिभोका सबै स्मार्टफोनहरु उत्कृष्ट विशेषता र आकर्षक डिजाइनमा अगाडि छन् । यसको साथै,उत्कृष्ट प्रविधिहरू समावेश गर्दै स्लिक डिजाइनको स्मार्टफोन निर्माण गर्ने भिभो पहिलो कम्पनीहो । सन् २०१२ मा भिभोले पहिलो पटक विश्वको सबैभन्दा पातलो स्मार्टफोन एक्स १ सार्वजनिक गरेको थियो जुन ६.५५ एमएम मात्र मोटो थियो । यो डेडिकेटेड हाई–फाई गुणस्तर अडियो चिप राख्ने विश्वको पहिलो स्मार्टफोन थियो । सन् २०१४मा, भिभोले एक्स ५ म्याक्स सार्वजनिक गरेको थियो जसका ेमोटाई ४.७५ एमएम थियो । यो अहिले पनि विश्वको सबैभन्दा पातलो फोन हो ।
यस्ता रोचक आउटलुकहरू, अविश्वसनीय विशेषताहरू र उत्कृष्ट डिजाइनहरूका साथ, भिभोले आफ्नो उपकरणहरू मार्फत सबैको ध्यान खिचिरहेको छ । हामीलाई आशा छ, ब्रान्डले आगामीदिनहरुमा अझ आकर्षक विशेषताहरु ल्याउनेछ र उपभोक्ताहरुको मन अझ जित्नेछ भनि भिभोले सर्वाजानिक गरेको नोटमा उल्लेख छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend