logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

हुवावेको मुख्य प्रायोजनमा साइबर सेक्युरिटी सम्बन्धी कार्यक्रम आयोजना हुने


  • जन आकाश
  • शुक्रबार, असार ३ २०७९

 



 

काठमाडौ । नेपालको पहिलो साइबर सेक्युरिटी रिसर्च संस्था ७त्रगयतस सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन (सिएसआरआई) ०७त्रगयतस हो । यो संस्थाले नेपालको सूचना सञ्चार तथा प्रविधि र साइबर सुरक्षा क्षेत्रमा खोज, अनुसन्धान, नवप्रवर्तन, तालिम तथा सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको उल्लेख छ ।

यसै सन्दर्भमा मिति २०७९ असार २ गते बिहीबारका दिन उक्त संस्थाले अध्यक्ष  प्रा.डा. सुवर्ण शाक्य, उपाध्यक्ष मिलन राज नेपाली, निवर्तमान अध्यक्ष तथा इन्फरमेसन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (एनपीसर्ट) का अध्यक्ष चिरञ्जिवी अधिकारी र एनपीसर्टका सदस्य सुरेश भण्डारीले हुवावे इन्टरनेसनल सिङ्गापुरका ग्लोबल पब्लिक सर्विसेस इन्डस्ट्रि एक्स्पर्ट प्याट्रिक लो बेन्ग ची र हुवावे नेपालका प्रतिनिधी सुप्रलराज जोशीलाई औपचारिक भेटघाट गरी सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसनले आयोजना गर्ने आगामी
साइबर सेक्युरिटी सम्बन्धी कार्यक्रमको बारेमा सहकार्य गर्ने छलफल भएको र उक्त कार्यक्रमहरु सञ्चालन गर्ने साइबर सेक्युरिटी रिसर्च संस्थाले प्रेस बिज्ञप्ति जारी गरेर उल्लेख गरेको छ ।

Multi-Stakeholder Discussion on Cyber Security Policy and Processes नामक सो कार्यक्रमको मुख्य आयोजक सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन र इन्फरमेसन सेक्युरिटी रेस्पोन्स टिम नेपाल सहआयोजक रुपमा काम गर्ने सहमति भएको उल्लेख छ ।

सो अवसरमा अध्यक्ष शाक्यले चीलाई नेपालमा स्वागत गर्दै सिएसआरआईको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्नुभयको थिायो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend