logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

वाई सिरिज अन्तर्गत–वाई ५५ सार्वजनिक गर्ने तयारीमा भिभो


  • जन आकाश
  • मंगलबार, असार ७ २०७९

 



काडमाडौ । असार २०७९ लाई विश्वव्यापी अग्रणीस्मार्ट फोन ब्रान्ड भिभो भन्ने नाराका सथा वाई सिरिज अन्तर्गत पछिल्लो संस्करण वाई ५५यहीँ असार ११ गते सार्वजनिक हुने घोषणा गरेको छ ।

यस उपकरणमा प्रयोगकर्ताहरूले अपेक्षा गर्न सक्ने केही विशेषताहरूको जानकारी पनि ब्रान्डले दिएको छ । यसको पूर्ववर्ती जस्तै, वाई ५५ पनि उच्च विशेषताहरु भएको एक सूलभ उपकरण भएको भिभोको दावी छ । वाई ५५ भिभोको विश्व प्रसिद्ध फ्युचरिस्टिक तर सुरुचिपूर्ण डिजाइन भएको नवीनतम उपकरण हो जसले प्रयोगकर्ताको हरेक माग पूरा गर्ने भिभोले दावी गरेको छ । यसलाई विशेष ब्याट्री शक्ति, क्यामेरा क्षमता र उच्च प्रदर्शनद्वारा प्रतिस्पर्धामा अगाडि रहन डिजाइन गरिएको उल्लेख छ ।

वाई ५५ मा ५००० एमएएच ब्याट्री रहेको छ र यसलाई दिनभर बिनाकुनै पनि ब्याट्री चलाउन सकिन्छ । साथै, यस फोनमा ४४ वाट फ्ल्यास चार्ज पनि रहेको छ । उच्चकार्य सम्पादन र उत्कृष्ट विशेषताहरुको साथै लामो समयसम्म ब्याट्री टिक्ने स्मार्टफोन खोज्ने प्रयोगकर्ताहरूका लागि यो नयाँ उपकरण उत्तम विकल्प हुन् सक्छ ।

शक्तिशाली पर्फमेन्शका लागि वाई ५५ माक्वा लकम स्न्याप ड्रेगन ६८० प्रोसेसर रहेको छ । यस प्रोसेसरले गर्दा यो उपकरणमा गेमिङ स्ट्रिमिङ वा काम गर्न समेत सहज, थप सुव्यवस्थित र छिटो हुन्छ । यसले बहु–कार्यलाई सजिलो बनाउने कम्पनीको विश्वास छ ।

यस उपकरणलाई थप उपयुक्त बनाउन, भिभोले रियर फिंगर प्रिन्ट स्क्यानरको सट्टा इन–डिस्प्ले फिंगर प्रिन्ट स्क्यानर प्रयोग गरेको छ । यो इन–डिस्प्ले फिंगर प्रिन्ट स्क्यानरले समग्र रुप–रंग बढाउँछ र प्रयोगकर्ताहरूलाई उत्कृष्ट अनुभव प्रदान गर्दछ ।

यस उपकरणमा ५० एमपी एचडी रियर क्यामेरा तथा १६ एमपी फ्रन्ट क्यामेरा रहेको छ जसबाट आर्कषक फोटोहरु लिन सकिन्छ साथै यसले फोटो ग्राफीको अनुभवलाई वृद्धि गर्नेछ । यो फोनको मूल्यभने सार्वजनिक भएको छैन ।

भिभो वाई ५५ को बारेमा थप जानकारी र उपलब्धताका लागि भिभोको सामाजिक संजाल वाट पनि थाहा पाउन सकिने कम्पनीले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend