जन आकाश
काठमाडौ । नयाँ आयाम र उत्पादनहरुको डिजाईन थप्न सधै अग्रसर टिसीएल ब्राण्डलाई ओम्दिया ग्लोबल टि.भी डिजाईन एण्ड फिचर्स ट्याकरले रपोर्टले टिसीएल ग्लोबल नम्बर १ एण्ड्रोइड टि.भीब्रान्ड प्रमाणीत गरेकोछ । टिसीएल ब्राण्ड उपभोक्ता माझ विश्वस्तरिय उत्पादनले प्रख्यात भएको छ ।
ओम्दिया ग्लोबल टि.भी डिजाईन एण्ड फिचर्स ट्र्याकर रिपोर्टका अनुसार गत बर्ष सन २०२१ मा १८ करोड ९० लाख वटा स्मार्ट टिभी सिपमेन्ट भएको थियो । त्यसमध्य ७ करोड ३२ लाख वटा एण्ड्रोइड स्मार्ट टि.भी को सिपमेन्ट भएको थिए, जसको २०.७ प्रतिशत टि.भी यानी १ करोड ५१ लाख वटा टिसीएलको टि.भीको सिपमेन्ट भएको थियो ।
जसले टिसीएललाई मार्केट सेयरको आधारमा ग्लोबल नम्बर १ एण्ड्रोइड स्मार्ट टि.भी ब्रान्ड बनाएको छ ।
टिसीएल ब्राण्डले नेपाली बजारमा छोटो समयमानै लोकप्रियता हासिल गर्न सफल भएको छ ।
३२ देखि ७५ ईन्च सम्मको स्मार्ट र नन–स्मार्ट मोडलहरुमा उपल्ब्ध टिसीएल ब्राण्डले नेपालमा क्युलेड फोरके,फोरके यूएचडि, कर्भड स्मार्टसाथै गुगल टि.भी पनि भित्र्याएको छ । ग्राहकहरुको उच्च रोजाई बन्न सफल भएको टिसीएल ब्राण्डले आफ्ना टि.भीहरुमा ३ वर्षको वारेन्टी प्रदान गर्दै आएको छ ।
नेपालमा टिसीएल ब्राण्डका टेलिभिजनका साथै वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजेरेटर, चेष्टफ्रिजर, वाटर डिस्पेन्सर लगायतका उपकरणहरु चौधरी गु्रप अन्तर्गत सिजी ईलेक्ट्रोनिक्सको इ.ओ.एल.मार्फत नेपाली बजारमा बिक्री हुनेगरेको छ । सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपालीग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ । कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, किर्तिपुर, रबिभवन, हाति गौडा, त्रिपुरेश्वर, नयाँबजार, बसुन्धारा, जोरपाटी र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन भनि सिजीले जानकारी दिने गरेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend