logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

भिभो वाई २० को रु.२०,९९९ मा


  • जन आकाश
  • बिहिबार, साउन ५ २०७९

 



काठमाडौ । भिभोले नयाँ उत्पादनहरूमार्फत प्रयोगकर्ताहरूको जीवनशैलीलाई अभिवृद्धि गर्न निरन्तर विकास गर्दै आइरहेको छ । भिभोले नयाँ उत्पादनहरू सबैका लागि पहुँचयोग्य बनाउँन ग्राहकहरूलाई समय–समयमा विभिन्न अफरहरू र चाडपर्व सेल्सहरु प्रदान गर्ने गरेको सवैलाई थाहा नै छ । यसले गर्दा प्रयोगकर्ताहरुबाट भिभोले धेरै माया र समर्थन पाइरहेको छ । यसका साथै, ब्रान्डले आफ्ना उत्पादनहरूमा ग्राहकहरूको आवश्यकता अनुरूप समय–समयमा मूल्य परिमार्जन गर्ने गरेको छ ।

ग्राहकको आवश्यकता पूरा गर्दै, भिभोले हालै वाईसिरिजको स्मार्टफोन, वाई २० सिरिजको ४ जीबी प्लस ६४ जीबी भेरियन्टमा १८०० लेमूल्य घटाएको छ । यो स्मार्ट फोनको नयाँ मूल्यरु २०,९९९ रहेको छ । सुलभ मूल्यमा उत्कृष्ट स्मार्टफोन खोजिरहेका ग्राहकहरूले अब स्लिम र ट्रेन्डी वाई २० खरिद गरेर भिभोको उत्कृष्ट विशेषताहरु र प्रविधिहरूको आनन्द लिन सक्छन् । तर नेपालमा भिभो त्यति रुचाइएको ब्राण्ड भने होइन ।

हुनत भिभो वाई २० मा १३ एमपी रियर क्यामेरा, २ एमपी बोकेह क्यामेरा र २ एमपी म्याक्रो क्यामेरा भएको एआई ट्रिपल म्याक्रो क्यामेरा सेटअप रहेको छ । अपग्रेड गरिएको बोकेह टेक्नोलोजीसँग सुसज्जित, २ एमपी बोकेह क्यामेराबाट प्रयोगकर्ताहरूले स्टुडियो गुणस्तरको तस्वीरहरु खिच्न सक्छन् । वाई २० मा फेस ब्यूटी, पोट्र्रेट लाइट इफेक्ट, पीडिए टेक्नोलोजी र फिल्टरहरू लगायत धेरै क्यामेरा विशेषताहरु पनि छन् यदि हुदाहुदै पनि नेपाली बजारमा नेपाली ग्रहकले नरुचाउनुको कारण पनि पक्कै छ ।

यसको साथै, वाई २० मा ५००० एमएएच सुपर क्षमताको ब्याट्री र १० वाट फास्ट चार्ज प्रविधि रहेको छ। एआई पावर बचत टेक्नोलोजीको साथ, एकपटक चार्ज गरेपछि २० घण्टासम्म फिल्म हेर्न वा १० घण्टासम्म गेम खेल्न सकिन्छ । ४ जीबी र्याम र ६४ जीबी रोमभएको यो स्मार्टफोन गेमिङ र फोटोग्राफीमा रुचि राख्नेहरूका लागि उपयुक्त विकल्प हुन सक्छ । यसमा साइड–माउन्टेड फिंगरप्रिन्ट स्क्यानर पनि छ जसले प्रयोगकर्ताहरूलाई छिटो स्मार्टफोन अनलक गर्न अनुमति दिन्छ ।

यतिका सुविधा प्राप्त हुदाहुदै पनि चाइनिज सामान भन्ने बित्तिक्कै नेपाली बजारमा मेडइन चाइन आज छ भोलि छैन भन्ने उखानले पनि काम गरेको हुन सक्छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend