जन आकाश
काठमाडौ । जापानमा ईन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साईले नजिकिरहेको नेपालीहरुको चाड दशैं तिहार २०७९ लाई लक्षित गर्दै “सेन्साई ३ को झट्का, दशैंमा उपहारको फड्का“ नामक योजना हालै बजारमा सार्वजनिक गरेको छ ।
उक्त योजना अन्तर्गत सेन्साई ब्राण्डका कुनैपनि सामानको खरिदमा लक्की ड्र मार्फत २ भाग्यशाली ग्राहकहरुले एप्पल आइफोन १३, ३ भाग्यशाली ग्राहकहरुले एप्पल आइप्याड १०.२ जस्ता आकर्षक उपहारहरु जित्न सक्ने उल्लेख छ । भने बम्पर लक्की ड «मार्फत १ भाग्यशाली ग्राहकले यामाहा आर १५ भि थ्री जित्न सक्ने कम्पनीले जनाएको छ । साथै सेन्साईल आफ्ना ेविभिन्न सामानहरुमा विभिन्न किसिमका वारेण्टीहरु र निशुल्क डेलीभरी पनि प्रदान गर्नेछ ।
सेन्साईका सामानहरुको खरिद गरेपश्चात ग्राहकहरुले आफुलाई लक्की ड्रमा सहभागी गराउन SENSEI टाईप गरि आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको वारेण्टी कार्ड नम्बर लेखि ३१००३ मा एस.एम.एस गर्नु पर्नेछ । कम्पनीले यो योजना भाद्र ९,२०७९ देखि सिमित अवधिका लागि मात्र लागु गरेको जनाएको छ । सेन्साई ब्राण्डको आधिकारिक बिक्रेता चौधरी गु्रप अन्तर्गत सिजी ओएल रहेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend