जन आकाश
एउटा गाउँपालिकाले छुट्टाएको बजेटमा सहि ढङ्गले सदुपयोग नहुने र सहि किसानले भण्डार व्यवस्थापन तथा निर्माण गर्दा गलत मानिसलाइ बजेट छुट्याएको पाइएको छ ।
एक वडा एक कृषि तथा पशु प्राविधिक भए पनि किसानहरुको सहि समयमा उपचार नभएर मानविय क्षति पुगी अर्को तर्फ यो व्यवसाय छोडेर विदेश पलायन भएको अवस्थामा किसानहरु सामाजिक तथा आर्थिक हिसावले डुवेका भेटिन्छन् ।
गाउँपालिकाले बजेट कृषि तथा पशुपंक्षीलाई बजेट आएको तर कतिपय ठाउँमा कृषि र पशु अधिकृतले कुनै ठाउँको काम देखाएर आफुले नै आधा बजेट अनियमियतता गरेको पाइएको छ ।
नेपालमा सबै भन्दा धेरै Hatchery हरु छ तर पोल्ट्री विकट ठाउँमा दाना तथा मलका डिलरहरु नभएर Hatchery सँगै अर्को डिलर खुलेर नेपाल Hatchery संघले तोकेको भन्दा ५० प्रतिशत जति किसानलाई मर्का पारी रकम लिएको र यसमा किसान डुवेको अवस्था देख्न सक्छौ । हाम्रो विकट ठाउँमा डिलर तथा ह्याचरी हुन आवश्यक छ ।
यो पेशामा लागेका किसानहरु किसान हुन्छन् ।
अनुदाको लागि ५० प्रतिशत रकम आउदा आफ्नै आफन्तलाई पार्ने र वास्तविक किसानले रकम नपाउन जस्ता समस्या देखिएका छन् ।
नेपालमा किसानहरुले प्रारम्भिक चरणमा कुखुरा व्यवसाय दुई लट सम्म पाल्दा राम्रो आम्दानी आउने र अर्को यति पाल्दा कृषि व्यवस्थापन र प्राविधिक समस्याहरु अप्राविधिक सँग सल्लाह तथा सुझाव लिएर किसानहरु आफुखुशी समाधान गरेको खण्डमा पशुधनको क्षति हुने ।
पशु कार्यालयमा काम गरी १२÷१३ वर्ष अनुभव मात्र कुन औषधी के मा प्रयोग हुन्छ भनि जानेको छैन त्यसमा गाउँपालिकाको कार्यालय सहयोगिले गरिरहेको अवस्था र सहि प्राविधिकको सदुपयोग नभएर आवश्यकता भएमा कार्यालयमा नै गएर खरिद गर्ने प्रविधिको व्यवस्था गर्नु पर्ने हो । त्यस्तो वैज्ञानिक आधार पनि खोजिएको देखिदैन ।
समस्या ः
भारतबाट कुखुरा र चल्ला नेपालमा आपूर्ती भएको कारणले किसानहरु धेरै नै आर्थिक मारमा पर्न गएका छन् । यसले गर्दा किसानहरु कुखुरा चल्ला व्यवसाय गर्न छाडेको पाइन्छ । यस विषयमा राज्य सरकार र सम्बन्धीत निकायले किसानहरुको समस्या बुझ्नु आवश्यक छ ।
लेखक
पशु प्राविधिक दिपेश लामिछाने
दोलखा
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend