जन आकाश
रामेछाप । रामेछाप जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन जति नजिकिदै छ त्यतिनै राजनीतिक पार्टीहरुको निर्वाचन तयारी पनि तिव्र बनिरहेको छ । त्यसै मेसोमा नेकपा मालेका युवा नेता रामेछाप जिल्लावाट प्रतिनिधिसभाका उम्मेद्धार दिएका मोहन कार्कीले गाउँ गउँमा गई आफ्नो योजना सुनाउन थालेका छन् । र जनताले पनि कार्कीको मेहनत र योजना देखेर प्रभावित भई कार्कीलाई नै प्रतिनिधिसभामा मत दिई जिताउने बताउन थालेका छन् ।
कार्कीले रामेछापको कठिन भुगोलहरुमा समेत गएर घरदैलो गरिरहेका छन् । धरानका हर्क साङपाङ स्टाईलमा चुनाव प्रचारमा लागेका कार्की एकजना मात्र साथी दिएर जिल्लाका बिभिन्न स्थानमा पुगेका छन् । नत उनिसँग गाडी नै छ । नत मानिसको हुल नै तर कार्कीले भोट दिने जनतालाई आफ्नो योजना सुनाउदै हिडिरहेका छन् ।
प्रदेश ख) मा जादा प्रदेश सभा उम्मेद्धार ओमबाबु पुरी, क)मा जाादा प्रदेश उम्मेद्धार सुरेश बस्नेतलाई बाइकमा राखेर घरघरमा भोट माग्न पुगेको देखिन्छ ।
प्रतिनिधि सभाका उम्मेद्धार मोहन कार्कीले यसरी जनताको मन जित्दै गएको देख्दा काठमाडौमा बालेन, धरानमा हर्क साङपाङ राईले निर्वाचन जिते जस्तै रामेछापमा कार्कीले जित्न सक्ने अडकल बाजीहरु हुन थालेका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend