logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

नेकपा मालेका उम्मेद्धारहरुले रामेछापका ६४ वडामा सके प्रचार प्रसार


  • जन आकाश
  • सोमबार, कार्तिक २८ २०७९

 



रामेछाप । रामेछाप जिल्लामा नेकपा (माले)वाट उम्मेद्धारी दिएका प्रतिनिधिसभा सदस्य मोहन कार्की, प्रदेशसभा खका सदस्य ओमबाबु पुरी , प्रदेशसभा कका सुरेश बस्नेत, समानुपातिक तर्फ उदय बहादुर श्रेष्ठ, महिला समानुपातिक तर्फ कल्पना खड्काले रामेछापका ६४ वटै वडाहरुमा पुगेर जनतालाई घरघरमा गई आफ्नो एजेन्डा बताई मत माग्ने काम सम्पन्न गरेका छन् ।

नेकपा (माले) रामेछापको जिल्ला कमिटीले दिएको जानकारी अनुसार कार्तिक २४ गते खाडादेवी गाउपालिका वाडन १ वाट राकाथुमको तल्लो क्षेत्रवाट शुरु गरेको घरदैलो कार्यक्रम खाडादेवी गाउँपालिकाका ९ वटै वडा, मन्थली नगरपालिकाको १४ वटा वडा, रामेछाप नगरपालिकाको ९ वटै वडा, गोकुलगंगाको ६ वटै वडा, उमाकुण्डको ७ वटै वडा, दोरम्बा गाउँपालिको ७ वटै वडा र सुनापति गाउँपालिकाको ५ वटै वडा कार्यलयहरुमा पचार प्रचार गरी खाडादेवी गाउपालिका र सुनापति गाउँपालिकाको सीमाना लुभु बजारमा मिति २०७९ कार्तिक २७ गते प्रचार प्रसार सम्पन्न गरेको जानकारी दिएको छ ।

नेकपा (माले) को चुनाव चिन्ह हशिया तारा रहेको छ । मालेका युवा उम्मेद्धारहरुलाई साना दलहरुको रामेछापमा साथ रहेको छ भने संयुक्त वाम समर्थित संगठनहरुले सहयोग गरिरहेका छन् । स्वतन्त्र रुपमा उम्मेद्धारी दिएका प्रदेशका उम्मेद्धारहरुले समेत संघमा मोहन कार्कीलाई समर्थन गर्ने बताएका छन् । संघको उम्मेद्धार मोहन कार्कीको पक्षमा जनमत बन्दै गएको देखिन्छ ।

रामेछापवाट नै प्रतिनिधिसभा समानुपातिक तर्फका उद्धवलाल श्रेष्ठको आमाको दुखदः निधन भएको हुनाले प्रचार प्रसारमा जान पाउनु भएको थिएन । समापन कार्यक्रममा नेकपा (माले)का बागमति प्रदेश कमिटी सदस्य उद्धवलाल श्रेष्टको आमाको निधनमा शोक ब्यक्त गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend