logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

मेलम्चीको पानी निर्वाध वितरण गर्न प्रकाशमानको ध्यानकर्षण


  • जन आकाश
  • बिहिबार, मंसिर २२ २०७९

 



काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् काठमाडौं क्षेत्र नं.१ का सांसद प्रकाशमान सिंहले मेलम्ची खानेपानी आयोजनाको पानी स्थायी रुपमै काठमाडौं ल्याउने गृहकार्य अघि बढाउन माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएका छन् । त्यसका लागि आयोजनाका कर्मचारी र मुहान क्षेत्रका स्थानीयका माग सम्बोधन गर्नुपर्ने लगायतका सुझाव राख्दै मंसिर २० गते नेता सिंहको नेतृत्वमा गएको टोलिले ध्यानकर्षण पत्र बुझाएको हो ।

केही दिन अगाडि मेलम्ची खानेपानी आयोजना स्थल पुगेर फर्किएका नेता सिंहले २० गते बिहान प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवालाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका छन् । ध्यानाकर्षण पत्रमा लेखिएको छ, ‘केही महिनादेखि सेवा सुविधा नपाएको भनी कर्मचारीले अन्तिममा पानी पठाउन रोकेर आन्दोलन गर्ने तयारी रहेको खबरले महानगरवासी लगायत सम्पूर्ण नागरिक चिन्तित छौं । तत्काल कर्मचारीको माग सम्बोधन गरी पानी काठमाडौं ल्याउने र स्थायीरुपमै पानी ल्याउनका लागि आवश्यक गृहकार्य गम्भीरताका साथ अघि बढाउन ध्यानाकर्षण गराउँदछौं ।’ उक्त ध्यानकर्षण पत्रमा उल्लेख छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend