logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

भोलिदेखि मेलम्चीको पानी उपत्यकामा वितरण


  • जन आकाश
  • शुक्रबार, मंसिर २३ २०७९

 



काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले भोलिदेखि मेलम्चीको पानी धारा (धारामा पठाउने भएको छ । सिन्धुपाचोकमा बाढीका कारण वर्षायाममा ६ महिना बन्द भएको पानी पुनः उपत्यकावासीलाई वितरण गर्न लागिएको हो । केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईले चाबहिलस्थित महाँकालचौरको पानी ट्यांकीबाट पानी वितरण सुरु गरिने जानकारी दिनुभयो । उहाँका अनुसार भोलि बिहान साढे ८ बजेदेखि पानी धारा धारामा पठाइनेछ । ‘अहिले ट्यांकीमा पानी आइरहेको छ । बिहानदेखि वितरण थाल्छौँ । अबको दुई चारदिनमै १७ करोड लिटर पानी उपत्यकामा वितरण हुन्छ’, उहाँले भन्नुभयो ।

केयुकेएलका अनुसार उपत्यकामा दैनिक करिब ४३ करोड लिटर पानीको माग छ । मेलम्चीको पानीले करिब ४० प्रतिशत पानी आपूर्ति गर्छ । केही समय पानी पठाएपछि सुरुङ परीक्षणका लागि ०७८ असार १ गते सुरुङ बन्द गरिएको थियो । सोही दिन आएको बाढी (पहिरोले आयोजनाको हेडवक्र्स, बाँध र सुरुङमा क्षति पुर्‍याएको थियो । २२ वर्षको प्रतीक्षापछि पहिलोपटक गत वर्ष ०७८ चैत १५ गतेदेखि काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण गरिएको थियो । हाल उपत्यकाका सबैजसो क्षेत्रमा मेलम्चीको पाइप बिछ्याइसकिएको छ  । ठाउँ(ठाउँमा ट्यांकी निर्माण भएका छ ।

तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०४८ सालमा मेलम्चीको पानी काठमाडौ उपत्यकामा ल्याउने घोषणा गर्नुभएको थियो । त्यसको २९ (३० वर्षपछि त्यसले साकार रूप लिएको हो । भट्टराई स्वर्गीय भइसक्नु भएको छ ।

लगानीकर्ता पहिचान गरी आयोजना कार्यान्वयन गर्न २०५२ सालमा मेलम्ची खानेपानी लिमिटेड स्थापना गरिएको थियो । त्यस्तै, २०५५ मा मेलम्ची खानेपानी विकास समिति गठन गरियो । त्यसपछि २०५७ मा एसियाली विकास बैंकले आयोजनामा लगानी गर्ने सहमति जनाई ऋण सम्झौता गरियो । आयोजनाको काम २०५८ र सुरुङ निर्माण २०६६ सालमा थालिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend