जन आकाश
काठमाडौ । विन नेपाल लघु वित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयरको थप सार्वजनिक निष्काशन ९ँएइ० को विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले गर्ने भएको छ ।
सोमबार, १९ मंसिर २०७९ विन नेपाल लघु वित्त वित्तीय संस्था लिमिटेडको प्रति शेयर अंकित मूल्य रु. १००÷– (अक्षेरेपी एक सय रुपैया मात्र) दरका ५१,२९३ (अक्षेरेपी एकाउन्न हजार दुई सय त्रियानब्बे मात्र) कित्ता साधारण शेयर प्रचलीत कानून बमोजिम अकिंत मुल्यमा प्रिमियम थप गरी थप सार्वजनिक निष्काशन तथा विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ ।
नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको कार्यालय हात्तिसार, काठमाण्डौमा आयोजित एक समारोह बिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत वसन्त बहादुर शाक्यले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी भएको कार्यक्रममा बताईएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend