जन आकाश
यस वर्षको मिसेस वर्ल्डमा नेपालको तर्फवाट प्रतिनिधित्व गर्दै वाई वाई मिसेस नेपाल वर्ल्डकी विजेता दिक्षा के. सी. अमेरिका प्रस्थान गर्नुभएको छ ।
डिसेम्बर १७ मा अमेरिकाको लस भेगास स्थित वेस्ट गेट रिसोर्टमा सम्पन्न हुने मिसेस वर्ल्डको फिनालेमा उहाँले प्रतिस्पर्धा गर्दैहुनुहुन्छ ।
सन् १९८४ मा स्थापित मिसेस वर्ल्ड विवाहित महिलाहरूको पहिलो सौन्दर्य प्रतियोगिता हुनुको साथै उक्त विधाको सबैभन्दा ठूलो र प्रतिष्ठित प्रतियोगितामा पर्नेगर्दछ ।
प्रतियोगितामा अमेरिका, युरोप, एसिया, अफ्रीका, अस्ट्रेलिया लगायतका महादेशवाट ६० भन्दाबढी राष्ट्रहरूका सहभागी हुँदैछन ।
मानसिक स्वास्थ्यको क्षेत्रमा सामाजिक कार्य गर्दै आइरहनु भएकी दिक्षा मिसेस वर्ल्डमा यसै सम्बन्धित आफ्नो प्रोजेक्ट प्रस्तुत गर्दैहुनुहुन्छ ।
उहाँले सुपी रसाइली एवम् मनिष राई द्वारा तयार पारिएको राष्ट्रिय पोसाक देखि अन्य आकर्षक पहिरनमा आफूलाई प्रतियोगितामा उतार्दै हुनुहुन्छ ।
स्टेला द मेक अप स्टुडियोको श्रृङ्गारमा प्रस्तुत हुन लाग्नुभएकी दिक्षालाई हाल अमेरिकामै वसोवास गर्दै आइरहनु भएकी नेपालकी चर्चित मेकअप आर्टिष्ट सोफी सुनवारले प्रतियोगितामा मेकअप गर्नुहुने छ ।
उहाँले संसारमाझ गौतम बुद्धको देश नेपाल भनेर चिनाउनका लागि श्रीगणेश सुनचांदी पसलवाट उपहार स्वरुप प्राप्त भएको आकर्षक बुद्धको स्तुपालाई उपहार स्वरुप आयोजकलाई प्रदान गर्दैहुनुहुन्छ ।
दिक्षाले यस अघि नेपालमा सम्पन्न रिबन इन्टरटेनमेन्ट द्वारा आयोजित वाई वाई मिसेस नेपाल वर्ल्डमा सहभागी भएर उक्त प्रतियोगिताको विजेताको रुपमा चयन हुनुभएको थियो
उक्त प्रतियोगिताको विजेता हुँदै मिसेस वर्ल्डमा सहभागिता जनाउँदै हुनुहुन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend