जन आकाश
काठमाडौ । नेपाल टेलिकमले नवनियुक्त सञ्चारमन्त्रीको सपथ ग्रहणको समयमा पुर्णं रुपमा सेवा अवरुद्ध भएको र हालसम्म नेपाल टेलिकम अन्र्तगतका सेवाहरु डिस्टव भईराखेको प्रति नेपाल टेलिकमसँग सम्बद्ध कर्मचारी संगठनहरुले ध्याणकर्षण गरेका छन् । उनिहरुले भनेका छन् । “ पाल टेलिकममा क्रियाशिल युनियनहरुले संस्थागत सुधार, गुणस्तरीय र प्रभावकारी सेवा प्रवाह, सेवाग्राही हीत संस्थागत सुशासन लगायतका विषयहरुमा कम्पनी व्यवस्थापनलाई पटक पटक ध्यानाकर्षण गराउदै आएको व्यहोरा अवगत नै छ । यस्ता समस्याहरु विगतमा पनि आएका र त्यस्ता अवरुद्ध गर्ने केही गलत मानसिकता बोकेकाहरुलाई कारवाही गर्न छानविन समिति बनेर प्रतिवेदन तयार भएर पनि कारवाही हुन नसकेको हुदा सम्बन्धित पक्षको कम्पनीमा जिम्मेवारीबोधको कमी र दण्डहिनता बढेको हाम्रो ठहर छ ।” उनिहरुले संयुक्त रुपमा जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।
हेर्नुस विज्ञप्ति जस्ताको तस्तै ।
मितिः २०७९/१०/०८
श्रीमान प्रबन्ध निर्देशकज्यू,
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड,
केन्द्रीय कार्यालय, काठमाण्डौ ।
विषयस् ध्यानाकर्षण सम्बन्धमा ।
नेपाल टेलिकममा क्रियाशिल युनियनहरुले संस्थागत सुधार, गुणस्तरीय र प्रभावकारी सेवा प्रवाह, सेवाग्राही हीत संस्थागत सुशासन लगायतका विषयहरुमा कम्पनी व्यवस्थापनलाई पटक पटक ध्यानाकर्षण गराउदै आएको व्यहोरा अवगत नै छ । यसै सन्दर्भमा मिति २०७४ माघ ०३ गते अपरान्ह करीव १२स्०० बजे देखी GSM MOBILE तथा PSTN सेवाहरु केही समय पूर्ण रुपमा अवरुद्ध भई सेवाग्राहीहरुले भोग्नु परेको सास्ती र कम्पनीले व्यहोरेको क्षतिप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । मन्त्रीमण्डल विस्तार तथा नव नियुक्त माननीय मन्त्रीज्यूहरुको शपथ ग्रहण कार्यक्रम रहेको महत्वपूर्ण समयमा कम्पनीका सेवाहरु अवरुद्ध हुनु सामान्य विषय होईन । कम्पनीका अवरुद्ध सेवाहरु हालसम्म पनि पूर्ण रुपमा चुस्त, दुरुस्त र नियमित हुन नसक्नुले कम्पनी व्यवस्थापनको कार्यशैली र कार्यक्षमता माथि गम्भीर प्रश्न खडा भएको छ । विगतमा पनि यस प्रकारका समस्याहरु आउने गरेको र त्यस्ता समस्या भविष्यमा आउन नदिन आन्तरिक रुपमा छानविन समिति गठन भै प्रतिवेदन तयार हुने तर प्रतिवेदनको कार्यान्वयन एवं दोषी उपर कारवाहीमा तदारुकता नदेखाउनुले सम्बन्धित पक्षको कम्पनीमा जिम्मेवारीबोधको कमी र दण्डहिनता बढेको हाम्रो ठहर छ ।
।
हिजो मिति २०७४ माघ ०३ गते अपरान्ह करीव १२स्०० बजे देखि कम्पनीका GSM MOBILE तथा PSTN सेवाहरुमा समस्या देखिएको सन्दर्भमा कुन सिष्टम र के कस्ता कारणले समस्या देखिन गएको हो रु कम्पनिले के कति क्षति ब्यहोरेको छ रु यो कस्को जिम्मेवारी र दायित्वको विषय हो रु जस्ता विषयमा प्रष्ट रुपमा खोजविन गरी आगामी दिनमा यस्ता समस्याहरु दोहरिन नदिन उचित BACK UP तथा Preventive Measure अपनाउन, बिशेषज्ञ टीम तयार पारी कार्य अगाडी बढाउन र छानविन गरी यस्ता कार्यमा दोषी देखिएमा दोषिउपर हदैसम्मको कारवाही गरी क्षतिपूर्ति असुलउपर गर्न जोडदार माग गर्दछौं ।
वर्तमान प्रतिस्पर्धाको यस समयमा देशभरी नै सर्वसुलभ र भरपर्दो दूरसञ्चार सेवा पुयाउनु पर्ने दायित्व भएको यस संस्थामा यस प्रकारका घटनाहरु बारम्बार नदोहरिने गरी सिष्टम र सेवाहरुको प्राविधिक परिक्षण गराउन हुन समेत ध्यानाकर्षण गराउदछौं ।
बोधार्थ
श्रीमान अध्यक्षज्यू, सञ्चालक समिति, नेपाल टेलिकम ।
श्री श्रम तथा रोजगार कार्यालय, वागमति अञ्चल, टेकु, काठमाण्डौं ।
मणि कुमार पोखरेल
महासचिव NTEAN केन्द्रीय समिति
लोकेन्द्र पनेरु
महासचिव NTCWU केन्द्रीय समिति
हरिकृष्ण श्रेष्ठ
महासचिव NTEU केन्द्रीय समिति
तेज बहादुर शाही
महासचिव NEON केन्द्रीय समिति
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend