जन आकाश
काठमाडौं । सिद्धार्थ बैंकले ग्वोबल मनि विक २०२३ विभिन्न कार्यक्रम गरी मनाएको छ ।
ग्लोबल मनि विक २०२३ को थिम ‘प्लान योर्र मनि, प्लान्ट योर्र फ्युचर’ र ग्लोबल मनि विकको स्थायी नारा ‘लर्न, सेभ, अर्न’लाई सार्थक बनाउने प्रयास स्वरुप बैंकले देशको सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो ।
देशभरका कुल ९८ वटा विभिन्न स्थानहरूमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको थियो । जसमा दुुई हजार ११८ जना महिला र दुई हजार ७२ जना पुरुष गरी कुल चार हजार १९० जनाको सहभागिता रहेको बैकले जानकारी दिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend