logo आइतबार, कार्तिक १६ २०८३ | Sunday 1st November 2026

हिमपातपछि डोल्पाबाट ६ जना भारतीय पर्यटक सम्पर्कविहीन


  • जन आकाश
  • आइतबार, कार्तिक १६ २०८३

काठमाडौं ।  भारी हिमपातपछि डोल्पाबाट ६ जना भारतीय पर्यटक सम्पर्कविहीन भएका छन्।शनिबार भएको भारी हिमपातपछि शेफोक्सुण्डो गाउँपालिका–८ बाट ६ जना भारतीय पर्यटक सम्पर्कविहीन भएका प्रहरीले जनाएको छ।बेपत्ता हुनेमा प्याली कोल्ली (महिला), ममता हल्दार (महिला) जजला त्रिवेदी कुमार (पुरुष) सहित ६ जना भारतीय पर्यटक छन्।



उनीहरु भारी हिमपातका कारण कतै फसेको जानकारी जिल्ला प्रशासन कार्यालय दुनैमा गएराित प्राप्त भएको थियो।घटनाको जानकारी आएपछि जिल्ला सुरक्षा समितिको बैठकले हेलिकप्टरमार्फत उद्धारका लागि आवश्यक प्रक्रिया अघि बढाएको छ। सञ्चार सम्पर्कमा समस्या भएका कारण फसेका सबै पर्यटकको पूर्ण विवरण प्राप्त हुन नसकेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend