logo आइतबार, कार्तिक १६ २०८३ | Sunday 1st November 2026

भूमिहीन, सुकुम्बासी र सहकारीपीडितका समस्या बुझ्न मन्त्री प्रतिभा रावल झापा जाने


  • जन आकाश
  • आइतबार, कार्तिक १६ २०८३

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल भूमिहीन, सुकुम्बासी तथा सहकारीपीडितका समस्या बुझ्न कात्तिक १६ गते झापा जाने भएकी छन्।



झापा भ्रमणका क्रममा मन्त्री रावलले जिल्ला भूमि समस्या समाधान समितिका पदाधिकारी, सहकारीपीडित तथा स्थानीय नागरिकसँग प्रत्यक्ष छलफल र अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।

भ्रमणका क्रममा भूमिसम्बन्धी समस्या, सहकारीपीडितका गुनासा तथा भूमि व्यवस्थापनमा देखिएका चुनौतीबारे छलफल गरिनेछ। साथै, मन्त्रालयले हालसम्म गरेका काम, समस्या समाधानका लागि अघि बढाइएका पहल तथा आगामी योजनाबारे जानकारी गराइने बताइएको छ।

त्यसैगरी, स्थानीय नागरिकका गुनासा प्रत्यक्ष रूपमा सुन्ने र तिनको सम्बोधनका लागि आवश्यक उपायबारे समेत छलफल गरिनेछ।

मन्त्री रावलको झापा भ्रमणलाई भूमिहीन, सुकुम्बासी तथा सहकारीपीडितका समस्या पहिचान गरी समाधानका लागि आवश्यक पहल गर्ने उद्देश्यसँग जोडेर हेरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend