logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

विरगंञ्जस्थित नेपाल टेलिकममा फालिएको फोहोर प्रति ध्यानकर्षण,विरोधस्वरुप फालेको महानगर प्रमुखको भनाई


  • जन आकाश
  • बुधबार, चैत्र २२ २०७९

काठमाडौ । नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय वीरगञ्ज, मधेश प्रदेशको कार्यालय परिसर भित्र (२०७९ चैत २१ गते) बिहान करिब ९.१५ बजे अचानक १५/२० जना अनधिकृत व्यक्तिहरुको समूहले ५/७ ट्रयाक्टर फोहोर फालेको घटना प्रति कम्पनीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।



महानगरको सफा र सुन्दर नगर निर्माण गर्ने अभियानको विरुद्ध हुनेगरी उक्त समूहद्वारा भएको यसघटनाका कारण निर्देशनालयको वातावरण दुर्गन्धित भई स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिनुका साथै कार्यालयको काम गर्ने वातावरणमा समेत नकारात्मक असर पर्न गएकाले कम्पनी यस्तो गतिविधि प्रति खेद व्यक्त गर्दछ ।

उक्त अमर्यादित कार्यको भत्र्सना गर्दै कम्पनी भविष्यमा यस्ता अवान्छित घटना हुन नदिन सम्बन्धित सबैको ध्यानाकर्षण गर्न चाहन्छ ।

विरगंज महानगर प्रमुखको भनाई यस्तो छ ।

विरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई महानगरले टेलिकममा किन फोहोर फाल्नु भएको भनेर जन आकाशले सोधेको प्रश्नमा राजेशमाान सिंहको भनाई यस्तो छ “नेपाल टेलिकमले जमीनमुनिवाट तार लानलाई बनाएको सडक भत्काएको र काम सकेपछि पटक पटक टेलिकमलाई पत्र लेखेर बनाउन आग्रह गर्दा अटेर गरेर बसेको , यता विरगंजलाई पर्यटकीय नगरी बनाउने हाम्रो अभियानलाई उक्त टेलिकमले बनाएका खाल्डाले अवरोध गरेको हुनाले उनिहरुको कार्यलयमा नै फोहोर हामीले विरोधस्वरुप फालेको जानकारी दिएका छन् ।

त्यासो गरिसकेपछि २२ गतेवाट २७ गतेसम्म नेपाल टेलिकम विरगंजले भत्काएका सडक उसैले बनाउने पत्र हामीलाई प्राप्त भएको छ । नेपाल टेलिकमले भनेको जस्तो हामीले यहाहरुको काममा अवरोध पु¥याउने गरी फोहोर फालेका होइनौ । त्यस्तो हाम्रो नियत होइन विरोधस्वरुप संकेतको रुपमा एकदुइ पोका फोहोर लगेर फालेका हौ अव उनिहरुलाई अरुले विगारेको काम आफुले गर्दा कति पीडा हुदो रहेछ भन्ने भान होस भनेर यो कार्य गरेको हो” विरगंज महानगर प्रमुख राजेशमान सिंहको भनाई यसरी आएको छ ।

स्मरणरहोस नेपालमा सडक बिभागले सडक बनाउदै जान्छ खानेपानीले सडक नै खोतल्छ, विद्युतले सडक नै खन्छ, टेलिकमले सडक नै खन्छ र टाइममा बन्दैनन् र त्यही सडकमा परेको खाल्डोमा सवारी दुघटना हुन्छ । पीच गरेको सडक माटो यत्रतत्र छरिदा धुलोले स्वास्थ्यमा असर पु¥याउछ । त्यसैले यस्ता सम्बन्धित कामहरु गर्न अन्तर मन्त्रालय योजना बनाएर काम गर्ने नीति पनि बनेको छ । तर त्यो नीति सरकारी कर्मचरीहरुले दराजमा मात्र थन्काएर राख्दा यस्ता समस्याहरु आउने गरेका छन् । यस्ता विगतमा भएका कमजोरीहरुलाई आउदा दिनमा सुधार गर्न सके नेपालको सफा शहर हेर्ने आम मानिसको रहर पुरा हुने थियो की ?

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend