जन आकाश
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले महासंघको उद्योग समितिको उप -सभापतिमा नानीराज घिमिरेलाई मनोनित गर्नुभएको छ ।
उद्योग समिति महासंघको कार्यकारि समिति सदस्य राजेश कुमार अग्रवालको सभापतित्वमा गठन गरिएको थियो । उद्योग समितिलाई पूर्णता दिनका लागि गरिएको एक कार्यक्रममा अध्यक्ष चन्द्र प्रसाद ढकालले मनोनयन पत्र हस्तान्तरण गर्नुहुदै मनोनित हुनुहुने व्यक्तित्वहरुले महासंघलाई सशक्त रुपमा अगाडी बढाउनका लागि तथा महासंघमा महत्वपूर्ण योगदान पु¥र्याउने कुरामा महासंघ विश्वस्त रहेको पनि बताउनुभयो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend