जन आकाश
काठमाडौं । मेटाले बुधबार सार्वजनिक गरेको एप थ्रेड्सविरुद्ध ट्विटरले कानुनी कारबाही खोज्ने भएको छ । ट्विटरसँग मिल्दोजुल्दो एपलाई मेटाका प्रमुख मार्क जुकरबर्गले त्यसको प्रतिस्पर्धी भनेका छन् ।
तीन करोड बढी प्रयोगकर्ताले चलाउन थालिसकेको थ्रेड्सका विषयमा ट्विटरका प्रमुख एलन मस्कले चोरी गर्नु ठिक नभएको बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमा उनले भनेका छन्, “प्रतिस्पर्धा ठिक हो, तर चोरी ठिक होइन ।”
सात घण्टामा एक करोड नाघे थ्रेड्सका प्रयोगकर्ता
मेटाले ट्विटरका दर्जनौँ पूर्वकर्मचारी राखेर त्यस्तै एप बनाएपछि मुद्दा हाल्ने तयारी गरिएको हो । ट्विटरका वकिल एलेक्स स्पिरोले मेटाका सीईओ जुकरबर्गलाई बुधबार एक पत्र पठाउँदै यस्तो चेतावनी दिएका हुन् ।
ट्विटरको आन्तरिक प्रणालीमा पहुँच भएका कर्मचारी राखेर मेटाले ‘कपिक्याट’ एप थ्रेड्स बनाएको पत्रमा उल्लेख छ ।
मेटाले भने ट्विटरका पूर्वकर्मचारीले थ्रेड्स एप बनाउन मद्दत गरेको आरोप अस्वीकार गरेको छ । गएको अक्टोबरमा मस्कले खरिद गरेपछि करिब ८० प्रतिशत कर्मचारी कटौती हुनुअघि ट्विटरमा सात हजार ५०० जनशक्ति थियो । श्रोत बीबीसी ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend