logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

गुगलले गर्न नसकेको काम गरेर नेपाली  स्टार्टअपले पायो स्टार्टअप वर्ल्ड कपको ताज


  • जन आकाश
  • आइतबार, असार २४ २०८०

काठमाडौ । गुगलले गर्न नसकेको काम नेपालमा गर्ने स्टार्टअप गल्ली म्यापले स्टार्टअप वर्ल्ड कप २०२३ नेपालको ताज पाएको छ। बिहिबार सम्पन्न स्टार्टअप वर्ल्ड कपको नेपाल एडिसनमा गल्ली म्यापले अरु सबैलाइ पछि पार्दै नेपाल चेम्पियनको ताज जितेको हो । देशभरका स्टार्टअपहरु बीच भएको प्रतिस्पर्धामा टप टेन र प्रदेश तथा नगर तहबाट प्रतिस्पर्धा गरेका ५ जना बीच भएको प्रतिस्पर्धामा गल्ली गल्ली म्याप उत्कृष्ट भएको हो ।



विश्वभरका लगभग १०० देशहरुमा हुने स्टार्टअपहरुको प्रतिश्पर्धा नेपालमा स्टार्टअपहब नेपालले आयोजना गरेको हो । अमेरिकी स्याटलाइट कम्पनी स्पेस एक्सको फन्डरेजिङ कम्पनी पिगासस टेक भेन्चरले स्टार्टअप वर्ल्ड कपको सुरुवात गरेको हो । विकसित देशहरु सबैजसोमा स्टार्टअफ वर्ल्डकपको आयोजना हुने गरेको छ । नेपालमा भने वर्ल्ड ट्रेड गु्रप नेपालले आफ्नो सिस्टर कन्सर्न स्टार्टअपहब नेपालमार्फत वल्र्डकप नेपाल भित्र्याएको हो ।

स्टार्टअप हब नेपालले नेपालमा स्टार्टअप वल्र्डकपको आयोजना गर्दै आइरहेको छ । यस पटक गरिएको स्टार्टअप तेस्रो सिजन हो । स्टार्टअप वल्र्डकप नेपाल एडिसनको उद्धघाटन अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकार स्टार्टअपहरुलाई प्रवद्र्धन गर्न र उनीहरुको इन्नोभेसनमा सपोर्ट गर्न सदा तयार रहेको र यसपाली बजेटमा पनि सम्बोधन गरेको बताएका छन् ।

स्टार्टअप वल्र्डकपका विजयी गल्ली एक्सप्रेसका राजविक्रम महर्जनलाई स्टार्टअप हब नेपालका अध्यक्ष डा. शम्भू पोखरेल र पेगासिस टेक भेन्चरका पार्टनर तथा स्टार्टअप वल्र्डकप नेपाल २०२३ का एम्बेस्डर सिसिलिया लरासातीले अवार्ड हस्तान्तरण गरेका छन्  ।

स्टार्टअप वल्र्डकपको बिहिबारको प्रतिस्पर्धामा उत्कृष्ट ५ स्टार्टअपहरुमा  Galli map, Quickfox consulting, Diyo AI, Aster Innovation,Kleanit upcyclers अभिचक रहेका छन्

बिजयी महर्जनले अमेरिकाको सिलिकन भ्यालिमा विश्वब्यापी प्रतिश्पर्धामा सहभागी हुने अबसर प्राप्त गरेका छन् । स्टार्टअप विश्व बिजेता बन्न सकेमा एक मिलियन डलर (१३ करोड नेपाली रुपैया बराबर) लगानी पुरस्कार पाउने आयोजकले बताएको छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend