logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

विन बहुउद्देशीय सहकारीको १४ औं व्यापार मेला सम्पन्न


  • जन आकाश
  • मंगलबार, साउन ३० २०८०

काठमाडौं । विन बहुउद्देशीय सहकारी संस्थाले आयोजना गरेको ट्रेड फेयर, हस्तकला तथा खाद्य वस्तुको प्रदर्शनी र उद्यमशीलता तालिम अन्तर्गत उत्पादन भएका खाद्य सामग्रीको लोकार्पण कार्यक्रम सम्पन्न भएको छ ।



साउन २६ गतेदेखि २८ गतेसम्म आयोजना गरेको १४ औं संस्करणको ट्रेड फेयर अर्थात व्यापार मेला २०८०, ७ औं हस्तकल तथा खाद्य वस्तुहरूको प्रतियोगिता र महिला उद्यमशीलता विकास तालिम अन्तर्गत उत्पादित खाद्य उत्पादनहरुको लोकार्पण कार्यक्रम सम्पन्न भएको हो ।  व्यापार मेलाको उद्घाटन ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्य गरेकी थिइन् । मेलाको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेकी उपमेयर शाक्यले महिला उद्यमीहरूलाई सहयोग गर्न ललितपुर महानगरपालिका सधै तयार रहेको र महिला उद्यमीहरू तथा विन बहुउद्देश्यीय सहकारी संस्थासंग सहकार्य गर्दै जाने प्रतिवद्धता पनि व्यक्त गरिन ।

यस्तै विन बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष मल्लिका श्रेष्ठ स्वागत मन्तव्य दिएकी थिइन् भने मेलाको बारेमा संयोजक तथा कोषाध्यक्ष शान्ति बैद्यज्यूले प्रकाश पारेकी थिइन ।
त्यसैगरी महिला उद्यमशीलता विकास तालिमका बारेमा संस्थाका परियोजना प्रबन्धक राजु शाक्यले जानकारी दिएका थिए । ३ दिनसम्म सञ्चालन भएको मेलामा उल्लेखनीय सहभागीता रहेको थियो । प्रतियोगितामा रहेका सामग्रीहरुमा भोट हाल्ने व्यवस्था पनि गरिएको थियो ।

मेलाको अन्तिम दिन मेलाका ५४ वटा हस्तकला तथा खाद्य उत्पादन स्थलका सहभागी तथा १० जना प्रायोजकहरूलाई सम्मान स्वरूप प्रशंसा-पत्र प्रदान गरिएको थियो । बेष्ट स्टलको उपाधी सिराह ग्रुपले पाएको थियो। हस्तकला तर्फको नयाँ वस्तुहरूको प्रतियोगितामा प्रथम पुरस्कार कल्पना श्रेष्ठलाई प्रदान गरिएको थियो । उनले पंञ्च धातुको मौलिक तथा परम्परागत गरगहना बनाएकी थिइन । त्यसैगरी प्लोरिकल्चरका लागि दोस्रो पुरस्कार वसन्ती प्रधानलाई र काष्ठकलाको घढियाल चालका लागि तेस्रो पुरस्कार अमिता प्रधान शिल्पकारलाई दिइएको थियो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend