जन आकाश
नेपालले विश्वकै सबैभन्दा ठूलो रोबोटिक्स प्रतियोगिता फर्स्ट ग्लोबल च्यालेन्जमा सहभागी भएको छ । नेपालबाट विज्ञान, प्रविधि, इन्जिनियरिंग र गणित (स्टिम) का विद्यार्थीहरु सहभागी भएका छन् ।
अहिलेसम्म प्रतिस्पर्धामा नेपालले इनोभेटिम रोबोटिक्स सोलुसन, इन्स्पायर्ड कोलाबोरेसन र स्टिम एडभोकेसीमा उपलब्धि हासिल गरिरहेको छ । नेपालको टिमले हाइड्रोजन होराइजन थिममा बसेर स्टिम एजुकेसनको जनचेतना र सहकार्यमा आफ्नो प्रतिभा देखाइरहेको छ ।
यसले नेपालमा वैज्ञानिक, इन्जिनियर र आविष्कारकहरूको अर्को पुस्तालाई यस्ता कार्यक्रममा सहभागी हुन् थप प्रेरणा समेत प्रदान गरेको छ । प्रतिस्पर्धाले विश्वव्यापी स्टिम समुदायमा नेपालको उपस्थिति बढाउन सहयोग गरेको छ ।
नेपालको टिममा प्रज्ञा विद्यालयका निरजित आचार्य, युरो स्कूलका राघव अग्रवाल, कन्जिरोवा स्कूलका आयुष कुँवर, प्रज्ञा विद्यालयका सौगात भट्टराई, सम्वृद्धि स्कूलका सोनेश श्रेष्ठ, सम्वृद्धि स्कूलका बिहान पाण्डे, निष्ट स्कूलका अन्वेशान अधिकारी, कन्जिरोवा स्कूलका अधिश गौतम र रौनक कुशवाहा, प्रज्ञा स्कूलका काव्य पराजुली, युनाइटेड एकेडेमी सचिन बिजुक्छे रहेका छन् । टिमको मेन्टरमा सुवास श्रेष्ठ र टोली निर्देशकमा विकास गुरुङ रहेका छन ।
सन् २०१८ देखि नेपालले फर्स्ट ग्लोबल च्यालेन्जमा सहभागिता जनाउँदै आएको छ । सन् २०१६ मा १९३ देशहरु मध्ये नेपालले २६ औँ स्थान हासिल गरेको थियो । गत वर्ष टिम नेपालले सफ्टी अवार्ड पनि प्राप्त गरेको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend