जन आकाश
काठमाडौ । हाल रोजगारी, अध्ययन एवं विभिन्न सिलसिलामा विदेशमा रहेका नेपालीहरुको संख्या दिनानुदिन बढ्दै गईरहेको छ । अल्पसङ्ख्यक नेपालीहरु विदेशमा रहँदै गर्दा नेपालस्थित आफ्नो बैंक खातासम्मको पहुँच जस्तै ः कारोबार विवरण हेर्न एवं स–साना कारोबार गर्न समेत असहज परिस्थिती रहेको अवस्थामा गरिमा विकास बैंकले आफ्ना विदेशमा रहेका ग्राहकहरुको पहुँच हुनेगरी मोबाईल बैकिङ सेवालाई स्तरोन्नती गरेको छ ।
उसले मितिः २०८०/०६/११, बुधवारवाट लागु हुनेगरी उक्त सेवा सुचारु गरेको बैकले बिज्ञप्तिमा उल्लेख गरेको छ । बैकले भनेको छ, “अब विदेशमा बसि यस विकास बैंक मार्फत मोबाईल बैकिङ सेवा लिन चाहनुहुने ग्राहकमहानुभावहरुले बैंकले तोके बमोजिमका कागजातहरु पुरा गरि यो सेवा लिनसक्नुहुनेछ । साथै, यो सुविधा लिनुहुने ग्राहकले गरिमा डिजि बटुवाकै युजरनेम र पासवर्ड प्रयोग गरी यस विकास बैंकको वेब बैकिङ पनि सजिलै चलाउन सक्नुहुनेछ ।
साथै, बैंकले कहिले पनि फोन गरेर वा अरु माध्यमबाट आफ्ना ग्राहकको बैकिङ विवरण (जस्तैः पिन, पासवर्ड, ओटिपि आदि) माग्दैन तसर्थ फोनकल वा मेसेजको भरमा आफ्नो व्यक्तिगत बैकिङ् विवरण अरुलाई नबाडि दिनुहुन समेत बैंक अनुरोध गर्दछ ।”
आजको विश्वमा आएको अनलाईन प्रविधि नेपालीहरुले प्रयोग गरिरहेकाछन् । उक्त सेवालाई सहज बनाउन गरिमा विकास बैकले विगत देखिनै ग्रहकहरुलाई नेपालमा सुविधा दिदै आएको थियो । पछिल्लो समय विदेशमा रहेका नेपालीहरुलाई समेत बैकले जोडेको छ । यो अत्यन्तै साराहानीय पक्ष हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend